अशोक लेलैण्डको ‘मेघा सर्भिस क्याम्प २०२२’ सुरु

काठमाडौँ । आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रा. लिद्वारा प्रवद्र्घित अशोक लेलैण्डले ‘मेघा सर्भिस क्याम्प २०२२’मार्फत देशैभरका आफ्ना १५ सर्भिस सेन्टरमा लागू हुने गरी सुरु गरेको छ। आइएमई मोटर्सका निर्देशक निशान ढकाल, साझा यातायातका इञ्जिनियर दिनेश श्रेष्ठ, गोल्डेन गुगल यातायातका सञ्चालक रजन रोक्का, प्राइम यातायातका श्री श्रेष्ठ साथै अन्य यातायात छेत्रका विशिष्ट व्यक्तित्वको उपस्थितिमा काठमाडौंमा संयुक्त रुपमा रिबन काटेर उद्घाटन गरिएको हो।
यस योजनाअन्तर्गत ग्राहकलाई केन्द्रित गर्दै पार्ट्समा ५० प्रतिशत, लुब्रिकेन्टमा १२ प्रतिशत छुट र लेबर चार्जमा ३० प्रतिशत छुटका साथसाथै ४५ पोइन्ट फ्री चेकअप उपलब्ध हुने छ। यस सर्भिस क्याम्पको दौरान ग्राहक वर्गले विभिन्न आकर्षक उपहारका साथै फ्रि गाडी वासिङ्ग, फ्रि टिसर्ट, एक लिटरसम्मको फ्रि इञ्जिन आयल र कुलेन्ट टप–अप पनि लिन सक्ने छन्।
यस सर्भिस क्याम्पको अफर आशेक लेलैण्डका बस, ट्रक, ट्रिपर तथा साना कमर्सिएल भेइकलका कुनै पनि मोडलका गाडीमा लागु हुने छ। ग्राहक वर्गले अशोक लेलैण्डका नेपालभर रहेका जुनसुकै सर्भिस सेन्टरमा गएर प्राप्त गर्न सक्नेछन् भने छुट कुपन पनि प्राप्त गर्न सक्ने छन् ।
















यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
नेप्सेद्वारा मार्जिन कारोबार कार्यप्रक्रिया लागू
जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम
प्रतिक्रिया