स्थानीय तहको निर्वाचन : धादिङ ज्वालामुखीको अध्यक्षमा २२ जनाको दाबी !
काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाख ३० गतेका लागि निर्वाचन मिति तय गरेको छ । निर्वाचन मिति तय भएसँगै स्थानीय तहमा चुनावी चलहपहल बढेको छ ।
धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिकामा समेत चुनावी चहलपहल चुलिएको छ । पालिकाको अध्यक्षका लागि आसन्न निर्वाचनमा ज्वालामुखी गाउँपालिकाको अध्यक्षमा को आउने भन्ने विषयको बहस सुरु भएको छ ।
एमाले, कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीको बाहुल्यता भएको सो पालिकामा अध्यक्षमा धेरै जनाले दाबी गरेको स्थानीय स्रोतले जानकारी दिए । स्रोतका अनुसार काँग्रेसबाट ८ जना, एमालेबाट ७ जना, माओवादीबाट ३ जना र एकीकृत समाजवादीबाट ४ जना गरी पालिकामा २२ जनाले दाबी गरेका हुन् ।
कांग्रेसबाट धादिङ जिल्लाका सचिवसमेत रहेका हालका अध्यक्ष विनोद राज तिमल्सिना, प्रदेश प्रतिनिधि खुम सुवेदी, नरेन्द्र भट्ट, कृष्णमान शाक्य, यमनाथ दनाई, टीकानिधि कापरी, रण बहादुर शाही र रेशम लाल काप्रीले अध्यक्षको दाबी गरेका छन् ।
त्यस्तै, एमालेबाट ७ जनाले दाबी गरेको स्रोतले जानकारी दिए । स्रोतका अनुसार हालका पालिका उपाध्यक्ष साथै नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका जनुका सिम्खंडा, राम प्रसाद अधिकारी, नेकपा एमालेकै जिल्ला कमिटी सहसचिव हरेराम लोहानी, राजेश अधिकार, वडा न ३ का रुदमान श्रेष्ठ, नेकपा एमाले धादिङ काठमाडौँ सम्पर्क मन्चका पूर्वअध्यक्ष श्री किष्ण अर्यालले, नेकपा एमाले जिल्ला कमिटी सदस्य एवम् अनेरास्ववियु पूर्वजिल्ला अध्यक्ष हरि थापाले अध्यक्षको दाबी गरेका छन् ।
माओवादी केन्द्रका पालिका अध्यक्ष तथा पूर्व जनमुक्ति सेना दीपक बस्नेत (सुरप्रताप)ले समेत पालिका अध्यक्षको दाबी गरेका छन् । त्यस्तै, सामाजिक सेवामा सक्रिय रहेका बोधनारायण श्रेष्ठले समेत अध्यक्षको दाबी गरेका छन् । यसैगरी हरि दनाईले दाबी गरेका छन् । यता एकीकृत समाजवादीबाट भानु दुवाडी, धर्म अर्याल, कृष्ण काप्री, अर्जुन अर्याल गरी जम्मा ४ जनाले दाबी गरेको स्रोतको भनाई छ ।
निर्वाचन आयोगले वैशाख ११ र १२ गतेसम्म मात्रै उम्मेदवारी दर्ता गर्न पाउने मिति तय गरेको छ ।
















टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
हामी देश बनाउने अभियानमा छौँ: अध्यक्ष ओली
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
पाकिस्तानको उत्तरपश्चिममा हिमपहिरो, नौ जनाको मृत्यु
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण
अराजकता मच्चाउनेलाई कारबाहीको दायरामा ल्याएरै छोडिन्छ : ओली
प्रतिक्रिया