‘पैसाको चलखेल रोक्न निर्वाचन प्रणालीमा परिमार्जन आवश्यक’

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले सत्ता गठबन्धन दलबीच तयार पारिएको साझा नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह गर्ने बताए । उनले सरकार निर्माण गर्ने क्रममा दलबीच तय गरिएका साझा नीति तथा कार्यक्रमलाई कांग्रेस नेतृत्वको सरकार कार्यान्वयन गर्न अलमल गरिरहेको आरोप लगाउँदै सम्झौता अविलम्ब कार्यान्वयन गर्न माग गरे ।
जनता समाजवादी पार्टी, नेपाल पर्साले आज वीरगञ्जमा आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष यादवले मुलुकमा देखिएको नागरिकता समस्याको सम्बोधन, संविधान संशोधन, समावेशिताको कार्यान्वयन, संघीय प्रणालीको कार्यान्वयनलगायतका साझा नीति तथा कार्यक्रममा तय गरिएको र ती कार्यक्रम्मलाई कांग्रेस नेतृत्वको सरकारले चाँडो भन्दा चाँडो कार्यान्वयन गर्न आवश्यक रहेको बताए ।
जसपा पर्साका अध्यक्ष रामनरेश यादवको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम्मा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका प्रभावशाली नेता राजेशमान सिंह, जिल्ला अध्यक्ष प्रेमबाबु पटेलसहित विभिन्न पार्टी परित्याग गरी जसपामा प्रवेश गरेका नेता कार्यकर्तालाई अध्यक्ष यादवले फूलमालाले स्वागत गर्दै पार्टीमा प्रवेश गराएका थिए ।
















मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
हामी देश बनाउने अभियानमा छौँ: अध्यक्ष ओली
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
पाकिस्तानको उत्तरपश्चिममा हिमपहिरो, नौ जनाको मृत्यु
जेनजी सहिद परिवारका २७ जनालाई रोजगारीको व्यवस्था गरिएको छ
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
सभापति बनेपछि पहिलोपटक पार्टी कार्यालय सानेपा जाँदै गगन
प्रतिक्रिया