सोमबार, माघ १९, २०८२

आज विश्व पानी दिवस मनाइँदै

मेरोन्यूज २०७८ चैत ८ गते ७:४४

काठमाडौं । प्रत्येक वर्ष मार्च २२ तारिखमा विश्व जल दिवस मनाइन्छ । संयुक्त राष्ट्रसंघले पर्यावरण र विकासका लागि ब्राजिलको रियोदजेनेरियोबाट विश्व जल दिवसको सुरुआत गरेको हो ।

सन् १९९२ मा विश्व जल दिवसलाई ‘एजेन्डा२१’मा समाहित गरिएको थियो । सोहीअनुसार सन् १९९३ मा विश्वमा पहिलो पटक विश्व जल दिवस मनाइएको थियो ।

मानव जातिलाई बाँच्नका लागि चाहिने अति आवश्यक स्रोतको रुपमा जललाई लिइन्छ । जलको अभावमा बाँच्न असम्भव छ । जसकारण जल महत्वपूर्ण छ ।

वर्तमान समयमा विभिन्न क्षेत्रमा जलको अभावका कारण विभिन्न वन्यजन्तु संकटमा परेका छन् भने मानवले संकट भोग्नु परेको छ । अहिलेको विज्ञान र प्रविधिको आधुनिक समयमा हरेक स्थानमा विकासले फड्को मारिरहेको छ । जसकारण स्वच्छ र प्रदूषणरहित जल पाउन अत्यन्त कठिन छ।

विश्वमा जल प्रदूषणकै कारण विभिन्न रोगले महामारी पनि फैलिएका छन्,जसकारण भावि समयमा जलको मात्रामा कमी भई मानव जातिलाई बाँच्नसमेत कठिन हुनसक्ने सम्भावना देखिन्छ ।

प्रतिक्रिया