मंगलबार, पुष १५, २०८२

फेरि बढ्यो सुनको मूल्य, प्रतितोला कति ?

मेरोन्यूज २०७८ चैत ८ गते ११:०९

काठमाडौं । सुनको भाउ मंगलबार आठ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको एक लाख तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि, सोमबार सुन तोलाको ९९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार तेजावी सुनको भाउ तोलाको ९९ हजार आठ सय रुपैयाँ तोकिएको छ ।

चाँदीको भाउ पनि प्रतितोलमा २० रुपैयाँले बढेको छ । सोमबार एक हजार तीन सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार एक हजार तीन सय ९५ रुपैयाँ निर्धारण भएको छ ।

प्रतिक्रिया