आइतबार, फागुन २४, २०८२

नुवाकोटमा अधिग्रहण गरिएका घरजग्गा खाली गर्न एमसीसीको ३५ दिने सूचना

मेरोन्यूज २०७८ चैत ८ गते १२:३४

Advertisement
nepal life insurencenepal life insurence

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन एमसिसी परियोजना अन्तर्गतका सब(स्टेशन बनाउन नुवाकोटमा अधिग्रहण गरिएका घरजग्गा खाली गर्न एमसीए नेपाल कार्यालयले सार्वजनिक सूचना जारी गरेको छ ।

नुवाकोटमा अधिग्रहणमा परेका घर जग्गा घ५ दिनभित्र खाली गरिसक्न एमसीए नेपाल कार्यालयले सार्वजनिक सूचना जारी गरेको हो ।

मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति काठमाडौंले आज सूचना निकालेर अधिग्रहण गरिएका जग्गामा सब(स्टेशन निर्माणका लागि तारबार गर्ने कार्य अगाडि बढाउन लागिएको पनि जनाएको छ।

‘अधिग्रहण गरिएका जग्गामा स्वीकृत कार्यक्रमअनुसार सब-स्टेशन निर्माण गर्न तारबार गर्ने कार्यलाई अघि बढाउन मुआब्जालगायत क्षतिपूर्ति तथा पुनर्वास सहायता रकम बुझिसकेका महानुभावले अधिग्रहण गरिएका घरजग्गाहरू ३५ दिनभित्र खाली गर्नुपर्नेछ,’ सूचनामा भनिएको छ।

प्रतिक्रिया