आइतबार, माघ ११, २०८२

एमाले प्रवेश गदै करिश्माले भनिन्:

‘पार्टीले जिम्मेवारी दिए पछि हट्ने छैन’

मेरोन्यूज २०७८ चैत ८ गते १४:१९

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले देशको समृद्धिका लागि एमाले प्रवेश गरेको बताईन् । आजै नेकपा एमाले प्रवेश गरेकी करिश्माले भनिन्,‘नेकपा एमाले प्रवेश गर्नुपर्ने कारण मुलुकको परिवर्तनका समुद्धि बोकेको पार्टी भएर म यसमा लागेको हुँ ।’

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको व्यक्तित्व र कार्यशैली, एमालेको नीति र देशभर देखिएको जनलहरका कारण एमाले रोजेकाे बताइन । ‘नेता भनेको जनताको पथप्रदर्शक हो,’ उनले भनिन्, ‘त्यो म ओलीजीमा पाउँछु ।’
उनकाअनुसार पहिला कला क्षेत्रबाट देशको लागि गरेको थिए । भने अब नेकपा एमालेबाट देशको सेवामा लाग्छु ।
यस पार्टीले महिलाहरुलाई अगाडी बढाउँन र तल्लो स्तरका जनताका लागि पनि हेरेको उनको भनाई छ । एमालेले आफ्नो भुमिका शसक्क्त रुपमा बोकेको पार्टी रहेको हुदाँ एमाले मन पनेर्को भनाई छ ।

पार्टीले जिम्मेबारी दिए आफु पछि नहट्ने उनले बताईन् । उनलेभनिन्,‘हामीले देशका लागि कुनै पनि क्षेत्रबाट सहयोग गरिरहेकै हुन्छौं ।
बलिरहेको ढुङगामा लेउ लाग्दैन भन्ने भनाई अहिले लागु भएको छ ।’

प्रतिक्रिया