सोमबार, माघ ५, २०८२

म्यादी प्रहरी बन्न जुम्लामा १२ सय आवेदन

मेरोन्यूज २०७८ चैत ८ गते १६:०३

काठमाडौँ । जुम्लामा म्यादी प्रहरी भर्ना खुलेको तीन दिनमा १२ सय जनाको आवेदन दिएका छन्। स्थानीय तह निर्वाचनका लागि ६ देखि ११ चैतसम्मका लागि खुलेको भर्ना प्रक्रियामा सहभागी हुन उनीहरूले आवेदन दिएका हुन्।

आवेदन दिन आउनेको संख्या दिनहुँ बढिरहेको छ। प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी युवन चौधरी भन्छन्, ‘जुम्लाका लागि सात सय ६८ जना म्यादी प्रहरी भर्ना गर्नु पर्ने हो, तर १२ सयको दरखास्त परिसक्यो।’

प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार १८ वर्षभन्दा माथि र ५४ वर्षभन्दा तलाका सबै नागरिकले दरखास्त दिन सक्ने छन्। उनले भने, ‘पूर्व नेपाली सेना, प्रहरी तथा विगतमा पनि म्यादी प्रहरीको अनुभव बटुलेकालाई केही प्रथामिकता दिइने छ।’

प्रतिक्रिया