एलिना बनिन् पिपल्स च्वाइस
काठमाडौं,
टेबलटेनिस खेलाडी एलिना महर्जनले एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको पिपल्स च्वाइस जितेकी छन् ।
एलिनाले सर्वाधिक भोट ल्याउँदै पिपल्स च्वाइस अवार्ड जितिन् । एलिनाले कुल मतको ४७.८३३ प्रतिशत मत प्राप्त गरिन् ।
एलिना महर्जन नेपाली टेबलटेनिसमा दोस्रो वरीयतासम्म पुगेकी महिला खेलाडी हुन् । उनले दक्षिण एसियाली खेलकुद सागमा लगातार दुई पदक (१२ र १३ औं) महिला टिम इभेन्टमा कांस्य पदक जितेकी थिइन् ।
उनले खेलजीवनसँगै प्रशिक्षण जीवन समेत गुरु गरिसकेकी छन् । उनी हाल स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीबाट नयाँ प्रतिभा उत्पादनमा सक्रिय छिन् ।
सामाजिक कार्यमा समेत सक्रिय रहँदै आएकी एलिनाले १३औं दक्षिण एसियाली खेलकुदमा पाएको पुरस्कारबाट कोभिड १९ प्रभावितलाई खाद्यान्न लगायतका सामग्री सहयोग गरेकी थिइन् । पारिवारिक पृष्ठभूमि नै टेबलटेनिस रहेकाले एलिना स्पोट्र्स कल्चरमै हुर्किएकी थिइन् ।
एलिनाका दाइ राकेश महर्जन, बहिनी इरिका महर्जन, भाउजू नबिता श्रेष्ठ सबै टेबल ठेसिनका राष्ट्रिय स्तरका खेलाडी हुन् । नेपाली टेबलटेनिसमा पछिल्लो समय चर्चाको शीखरमा रहेकी एलिना पल्सर स्पोर्टस अवार्डको पिपल्स च्वाइस विधाको मनोनयनमा परेकी छिन् ।
मनोनयनमा परेपछि खुसी व्यक्त गर्दै खेलाडीलाई हौसलाको कमी रहेको र अवार्डले त्यसमा सहयोग गर्ने उनले बताइन् ।
‘खेलाडीलाई हौसलाको एकदमै खाँचो छ थपाइहरूले त्यो गरिदिनु भएको छ खुसी छु,’ मनोनयनमा परेपछि एलिनाले भनेकी थिइन्, ‘म मनोनयनमा परेको भन्दा पनि टेबलटेनिस परेको हो । अझै यस्तो मोटिभेसन मिलिरहोस् ।’
यसपटक पिपल्स च्वाइसका लागि फुटबलकी एन्जिला तुम्बापो सुब्बा, टेबलटेनिसकी एलिना महर्जन, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल र क्रिकेटका कुशल भुर्तेल मनोनयनमा थिए ।









इन्डोनेसियामा ६.६ म्याग्निच्युडको भूकम्प
श्रमिक–कर्मचारीको सामाजिक सुरक्षालाई बोझका रूपमा नलिन प्रधानमन्त्रीको आग्रह
लुम्बिनीले सुदूरपश्चिमलाई दियाे १४४ रनको लक्ष्य
प्रेस काउन्सिलले मेरो न्यूजलाई पत्र काटेकोमा काउन्सिलकै सदस्यकाे फरक मत
कान्तिपथमा कारको ठक्करबाट एक जनाको मृत्यु
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
बलिउड अभिनेता धर्मेन्द्रको निधन
संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुखद्वा्रा ‘जेनेरेटिभ एआई’ ले ल्याउनसक्ने समस्याबारे चिन्ता व्यक्त
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
प्रतिक्रिया