एलिना बनिन् पिपल्स च्वाइस
काठमाडौं,
टेबलटेनिस खेलाडी एलिना महर्जनले एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको पिपल्स च्वाइस जितेकी छन् ।
एलिनाले सर्वाधिक भोट ल्याउँदै पिपल्स च्वाइस अवार्ड जितिन् । एलिनाले कुल मतको ४७.८३३ प्रतिशत मत प्राप्त गरिन् ।
एलिना महर्जन नेपाली टेबलटेनिसमा दोस्रो वरीयतासम्म पुगेकी महिला खेलाडी हुन् । उनले दक्षिण एसियाली खेलकुद सागमा लगातार दुई पदक (१२ र १३ औं) महिला टिम इभेन्टमा कांस्य पदक जितेकी थिइन् ।
उनले खेलजीवनसँगै प्रशिक्षण जीवन समेत गुरु गरिसकेकी छन् । उनी हाल स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीबाट नयाँ प्रतिभा उत्पादनमा सक्रिय छिन् ।
सामाजिक कार्यमा समेत सक्रिय रहँदै आएकी एलिनाले १३औं दक्षिण एसियाली खेलकुदमा पाएको पुरस्कारबाट कोभिड १९ प्रभावितलाई खाद्यान्न लगायतका सामग्री सहयोग गरेकी थिइन् । पारिवारिक पृष्ठभूमि नै टेबलटेनिस रहेकाले एलिना स्पोट्र्स कल्चरमै हुर्किएकी थिइन् ।
एलिनाका दाइ राकेश महर्जन, बहिनी इरिका महर्जन, भाउजू नबिता श्रेष्ठ सबै टेबल ठेसिनका राष्ट्रिय स्तरका खेलाडी हुन् । नेपाली टेबलटेनिसमा पछिल्लो समय चर्चाको शीखरमा रहेकी एलिना पल्सर स्पोर्टस अवार्डको पिपल्स च्वाइस विधाको मनोनयनमा परेकी छिन् ।
मनोनयनमा परेपछि खुसी व्यक्त गर्दै खेलाडीलाई हौसलाको कमी रहेको र अवार्डले त्यसमा सहयोग गर्ने उनले बताइन् ।
‘खेलाडीलाई हौसलाको एकदमै खाँचो छ थपाइहरूले त्यो गरिदिनु भएको छ खुसी छु,’ मनोनयनमा परेपछि एलिनाले भनेकी थिइन्, ‘म मनोनयनमा परेको भन्दा पनि टेबलटेनिस परेको हो । अझै यस्तो मोटिभेसन मिलिरहोस् ।’
यसपटक पिपल्स च्वाइसका लागि फुटबलकी एन्जिला तुम्बापो सुब्बा, टेबलटेनिसकी एलिना महर्जन, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल र क्रिकेटका कुशल भुर्तेल मनोनयनमा थिए ।
















सञ्चार क्षेत्रको बजेट कार्यान्वयन गर्न प्रदेश सरकारको ध्यानाकर्षण
फैसला कार्यान्वयनका लागि ५८० जना पक्राउ
गृहमन्त्रीकाे राजीनामाबारे प्रचण्ड – जे गर्नुभयो, राम्रो गर्नुभयो
Home Minister Gurung announces his resignation
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
इरानले मशाद विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्ने
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
इटालीलाई नेपालले दियाे ११३ रनकाे लक्ष्य
प्रतिक्रिया