सत्ता गठबन्धन चुनावसम्म कायम राख्छौँ : अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले अहिलेको सत्ता गठबन्धनबीचको एकता स्थानीय तहको निर्वाचनसम्म कायमै रहने दाबी गरेका छन्। समाजवादी प्रेस संगठन, नुवाकोटले विदुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले तोकिएको मितिमा स्थानीय तहको चुनाव हुने र त्यसमा अहिले कायम रहेको सत्तारूढ गठबन्धनबीच चुनावी तालमेल कायम रहने विश्वास व्यक्त गरे।
उनका अनुसार शक्तिको उचित मूल्यांकन गर्दै चुनावी गठबन्धन र तालमेलका क्रममा अरु पार्टीको सहरामा नभई आफ्नै शक्तिको सहरामा चुनावमा उठ्न अहिले पार्टी कमिटी निर्माणलाई तीव्र बनाइएको छ ।
‘यो गठबन्धन छ महिना टिक्दैन भन्नेलाई आफ्नो पार्टी चुनावी गठबन्धनमा जान तयार छौँ,’ उनले भने, ‘चुनावी गठबन्धनको नाममा अरुको सहारामा होइन, आफ्नो सहारामा चुनावमा उठ्नका लागि, आफ्नो शक्तिमा चुनावमा उठ्नका लागि, पार्टी कमिटी निर्माण गर्ने काममा जुटेका छौँ । शक्तिको उचित मूल्याङ्कन गर्दै वस्तुवादी भएर संयमता अपनाएर ‘अरुलाई पनि हामी, हामीलाई पनि अरु’ आवश्यक रहेको सन्देशका साथ चुनावी तालमेल गर्न लागेका छौँ ।’
जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले अमेरिकी अनुदानको कार्यक्रम ‘एमसिसी’ संसद्बाट अनुमोदन गर्न आफ्नो पार्टीसहितको सत्तारूढ वाम पार्टीले जस्ताको तस्तै पास हुनबाट रोक्न सफल भएको बताए ।
















टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
हामी देश बनाउने अभियानमा छौँ: अध्यक्ष ओली
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
पाकिस्तानको उत्तरपश्चिममा हिमपहिरो, नौ जनाको मृत्यु
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण
म्याग्दीमा उज्यालो नेपालले महावीर पुनलाई सघाउने
प्रतिक्रिया