आइतबार, चैत १५, २०८२

सत्ता गठबन्धन चुनावसम्म कायम राख्छौँ : अध्यक्ष नेपाल

मेरोन्यूज २०७८ चैत ८ गते १९:४६

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले अहिलेको सत्ता गठबन्धनबीचको एकता स्थानीय तहको निर्वाचनसम्म कायमै रहने दाबी गरेका छन्। समाजवादी प्रेस संगठन, नुवाकोटले विदुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले तोकिएको मितिमा स्थानीय तहको चुनाव हुने र त्यसमा अहिले कायम रहेको सत्तारूढ गठबन्धनबीच चुनावी तालमेल कायम रहने विश्वास व्यक्त गरे।

Advertisement
nepal life insurencenepal life insurence

उनका अनुसार शक्तिको उचित मूल्यांकन गर्दै चुनावी गठबन्धन र तालमेलका क्रममा अरु पार्टीको सहरामा नभई आफ्नै शक्तिको सहरामा चुनावमा उठ्न अहिले पार्टी कमिटी निर्माणलाई तीव्र बनाइएको छ ।

‘यो गठबन्धन छ महिना टिक्दैन भन्नेलाई आफ्नो पार्टी चुनावी गठबन्धनमा जान तयार छौँ,’ उनले भने, ‘चुनावी गठबन्धनको नाममा अरुको सहारामा होइन, आफ्नो सहारामा चुनावमा उठ्नका लागि, आफ्नो शक्तिमा चुनावमा उठ्नका लागि, पार्टी कमिटी निर्माण गर्ने काममा जुटेका छौँ । शक्तिको उचित मूल्याङ्कन गर्दै वस्तुवादी भएर संयमता अपनाएर ‘अरुलाई पनि हामी, हामीलाई पनि अरु’ आवश्यक रहेको सन्देशका साथ चुनावी तालमेल गर्न लागेका छौँ ।’

जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले अमेरिकी अनुदानको कार्यक्रम ‘एमसिसी’ संसद्बाट अनुमोदन गर्न आफ्नो पार्टीसहितको सत्तारूढ वाम पार्टीले जस्ताको तस्तै पास हुनबाट रोक्न सफल भएको बताए ।

प्रतिक्रिया