व्यवसाय प्रवर्द्धन गर्न सरकार प्रयत्नशील छ : गृहमन्त्री खाँण

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले स्वदेशी उद्योग र व्यवसायलाई प्रवर्द्धन गर्ने, संरक्षण गर्ने र आय आर्जनका लागि वातावरण निर्माण गर्न सरकार प्रयत्नशील रहेको बताएका कन्।
वीरगञ्ज उद्योग वाणिज्य संघको टोलीसँग मंगलबार गृह मन्त्रालयमा भएको भेटमा गृहमन्त्री खाँणले उद्योग र व्यवसायको प्रवर्द्धन गर्न सके मात्रै राज्यलाई राजश्व बढ्ने र त्यसले सरकारको आर्थिक वर्षको बजेटमा बढोत्तरी गर्न मद्दत पुग्ने बताए ।
‘व्यवसायीले भोग्नु परिरहेका समस्या समाधान गर्न सरकार तयार छ, ऐन कानुन अनुरुप हामीले समस्या समाधान गरेर सहज व्यवसाय गर्ने वातावरण निर्माण गर्न हामी लागिरहेका छौँ, तपाईहरूलाई दुःख दिने हाम्रो मनसाय छैन,’ गृहमन्त्री खाँणले भने, ‘आफ्ना समस्या समाधान उद्योगी व्यवसायी पनि प्रतिबद्ध रहनु पर्छ ।’
उनले सरकार उद्योग र व्यवसायप्रति सदभाग राख्ने र सहयोगी बन्ने बताए । उद्योगी व्यवसायीहरूले पनि राज्यले अवलम्बन गरेका नीति र बनाएका कानुन अनुरुप उद्योग व्यवसाय सञ्चालन गरेर सरकारले सहयोग गर्नु पर्ने बनाएका थिए ।
भेटमा वीरगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्ताले वीरगञ्जमा उद्योगी व्यवसायीहरूले भोग्नु परिरहेका समस्याबारे अवगत गराएका थिए ।
औषधिको मूल्य ७–८ वर्षदेखि पुनरावलोकन नभएको, भन्सार र बोर्डर चुस्तदुरुस्त नभएको, बोर्डरमा सुरक्षा व्यवस्था कडा नभएको, आन्तरिक ओसार–पसारमा सुरक्षाकर्मीले धेरै चासो दिएको उद्योगी व्यवसायीहरूले गुनासो गरेका थिए । जवाफमा गृहमन्त्री खाँणले समस्या समाधानका लागि आफ्नो तर्फबाट पहल गर्ने बताए ।













९ दलले बुझाए समानुपातिकको सूची
सामसङ इनोभेसन क्याम्पसले एआई–बिग डेटा कार्यक्रम सम्पन्न, नयाँ कोडिङ–प्रोग्रामिङ ब्याच सुरु
नेपाललाई प्राथमिक बजारका रूपमा अघि सार्दै डोङफेङका उच्चस्तरीय नेतृत्वको औपचारिक भ्रमण
प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेट
रास्वपाको प्रि–इलेक्सन : कसले कति पाए मत ?
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
प्रतिक्रिया