युक्रेनकाे मारिओपल सहरमा १ लाख मानिस बिचल्लीमा

किभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी बम हमला र गोलाबारीबीच दक्षिणी बन्दरगाह शहरमा करीब १ लाख युक्रेनी बिचल्लीमा परेको बताएका छन् । ‘आजसम्म मारिओपलमा करीब १ लाख मानिस अमानवीय अवस्थामा छन् । उनीहरुलाई खाना, पानी र औषधि छैन् । त्यहाँ निरन्तर गोलाबारी र बम हमला भइरहेको छ’, राष्ट्रपतिले भने ।
त्यहाँ मानवीय कोरिडोरमार्फत नागरिकहरूलाई उद्धार गर्ने प्रयासहरू रूसी गोलाबारी र ‘योजनाबद्ध आतंक’का कारण अवरोध भएको उनले बताए ।
एउटा मानवीय कोरिडोर रुसले नियन्त्रणमा लिएको जानाकारी दिँदै जेलेन्स्कीले सरकारी कर्मचारी र उनीहरुका बस चालकलाई रुसी सेनाले बन्धक पारेको आरोप लगाए ।
जेलेन्स्कीले अगाडि भने, ‘सम्पूर्ण कठिनाइका बाबजुद मारिओपोलका ७ हजार २६ जनको मंगलबार शहरबाट उद्धार गरिएको छ ।
यसैबीच, पछिल्लो दुई सातामा युक्रेनले १ लाख टन मानवीय सहयोग प्राप्त गरेको उनले बताए ।
जेलेन्सकीले क्रिश्चियन धर्मगुरु पोप फ्रान्सिसलाई युक्रेनको भ्रमण गर्न गरेकोसमेत जानाकारी दिएका छन् ।


















चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी
पैठारी गरिने वस्तुमा अधिकतम् खुद्रा मूल्य अनिवार्य गरिने
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
इस्लामावादमा इरान–अमेरिका वार्ता सुरु
अमेरिकासँगको वार्ताका लागि स्लामाबाद पुग्यो इरानको प्रतिनिधिमण्डल
प्रतिक्रिया