सोमबार, चैत ३०, २०८२

चीनमा दुर्घटना ग्रस्त विमानको ब्ल्याकबक्स भेटियो

मेरोन्यूज २०७८ चैत ९ गते २१:०५

काठमाडौँ । चीनमा गत सोमबार दुर्घटना भएको विमानको ब्ल्याक बक्स भेटिएको छ । एक सय तेत्तीस यात्रु बोकेको यात्रुवाहक विमान दक्षिणपश्चिम चीनमा गत दुर्घटनाग्रस्त भएको हो ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

बोइङ ७३७ विमान चीनको गुआङ्सी क्षेत्रको वुझाउ शहर नजिकैको ग्रामीण इलाकामा दुर्घटना ग्रस्त भएको थियो । दुर्घटनालगत्तै उद्धार टोली घटना स्थलमा पुगेर खोजी तथा उद्धारको प्रयास गरेका थिए ।

उद्धारकर्ताले बुधबार मात्रै विमानको ब्ल्याक बक्स फेला पारेका छन् । विमान बेपत्ता हुनुमा मौसम सम्बन्धी कारण नभएको सरकारी अधिकारीहरुले स्पष्ट पारेका छन् ।

घटनास्थलमा पुगेको उद्धारकर्ताहरुले पनि औपचारिक र आधिकारिक रुपमा घटनाका बारेमा विस्तृत जानकारी दिएका छैनन् ।

प्रतिक्रिया