चौदण्डीगढीमा सुत्केरी आमालाई पोषणयुक्त खाद्यान्न वितरण
मेरोन्यूज
२०७८ चैत १० गते ६:१८

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकाले जनतासँग उपमेयर कार्यक्रम अन्तर्गत सुत्केरी आमालाई घरघरमा पोषणयुक्त खाद्यान्न तथा घ्यू वितरण थालेकाे छ ।
जनतासँग उपमेयर कार्यक्रम अन्तर्गत सुत्केरी महिलालाई चौदण्डीगढी नगरपालिकाकी उपमेयर रिताकुमारी चौधरीले खाद्यान्न वितरण गरेकी हुन् ।
हरेक वर्षको असार महिनादेखि यता सुत्केरी आमालाई १० केजी चामल, १ केजी दाल, १ केजी घ्यू, १ लिटर तेल, एक पोका नुन, १०० ग्राम ज्वानो, १०० ग्राम मेथी लगायतका खाद्यान्न वितरण गर्ने गरिएको नगर उपप्रमुख चौधरीले जानकारी दिइन् ।
बुधबरबाट उपमेयर चौधरीले नगरको वडा नं १० मा ६० जना, वडा नं ९ मा ५० जना र वडा नं ५ मा ८० जना सुत्केरी आमाहरुलाई पोषणयुक्त खाद्यान्न वितरण गरेकी छन् । अन्य वडामा क्रमश: बितरण गर्दै लैजाने योजना रहेको बताइन् ।
सम्बन्धित
















टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
हामी देश बनाउने अभियानमा छौँ: अध्यक्ष ओली
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
पाकिस्तानको उत्तरपश्चिममा हिमपहिरो, नौ जनाको मृत्यु
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण
सभापति बनेपछि पहिलोपटक पार्टी कार्यालय सानेपा जाँदै गगन
प्रतिक्रिया