चितवनका यी एक सय ७९ क्षेत्रमा कृषि गणना हुने

चितवन । सातौँ राष्ट्रिय कृषि गणनाअन्तर्गत जिल्लामा १७९ क्षेत्रमा कृषि गणना गरिने भएको छ । जिल्लामा रहेका सात पालिकालाई सो क्षेत्रमा विभाजन गरी गणना गर्न लागिएको हो ।
जिल्ला कृषिगणना कार्यालयका अनुसार भरतपुर महानगरपालिकामा ३७, रत्ननगर नगरपालिकामा २५, खैरहनी नगरपालिकामा २८, राप्ती नगरपालिकामा २५, कालिका नगरपालिकामा २२, माडी नगरपालिकामा २८ र इच्छाकामना गाउँपालिकामा १४ गणना क्षेत्र रहेका छन् ।
कार्यालयका प्रमुख यज्ञमूर्ति भण्डारीका अनुसार हरेक १०/१० वर्षमा गरिने कृषि गणना सम्पन्न गर्नका लागि जिल्लामा ८० कर्मचारी परिचालन गरिने छ । सोह« सुपरिवेक्षक र ६४ गणक परिचालन गरिने उनले जानकारी दिए ।
उनीहरुले ४५ दिन काम गर्ने छन् । गणकलाई यही चैत २४ गतेसम्म करारमा नियुक्त गरेर काम लगाइने छ । गणक र सुपरिवेक्षकलाई चैत २५ गतेदेखि आगामी वैशाख ३ गतेसम्म तालिम दिइने छ । तालिमपछि वैशाख ६ गतेबाट ज्येष्ठ १९ गतेसम्म तथ्याङ्क सङ्कलनमा खटाइने भण्डारीले जानकारी दिए ।
गणकले एक गणना क्षेत्रमा २५ परिवारको तथ्याङ्क सङ्कलन गर्ने छन् । उनीहरुले विभिन्न १३ विधामा प्रश्नावली भर्ने छन् । यस्तै वडास्तरीय सामुदायीक प्रश्नावलीसमेत समेटिएका विषय रहने छन् ।
नेपालको पछिल्लो जनगणनाको प्रारम्भिक तथ्याङ्कअनुसार ४१ लाख घरपरिवार कृषक परिवार रहेको पाइन्छ । गणनाका क्रममा कृषकले भोगचलन गरेको जग्गाको आकार, जग्गाको उपभोग र उपयोग बाली लागेको जग्गाको क्षेत्रफल, मुख्य बालीको उत्पादन र सिँचाइको विवरण लिइने छ ।
यस्तै कृषि सामग्री र औजारको उपयोग, पशुपन्छीको सङ्ख्या, आहारसम्बन्धी विवरण, कृषि कार्यमा संलग्न जनशक्ति, लिङ्गका आधारमा कृषि जग्गाको स्वामित्वको अवस्थाबारे गणकले तथ्याङ्क सङ्कलन गर्ने छन् ।
कृषि वन, कृषि ऋण, बीमा अनुदान, कृषि कार्यमा जलवायु परिवर्तनका प्रभाव, हरितगृह पद्धतिको प्रयोग माटो परीक्षण कृषि बजारसम्मको पहुँच, कृषि अवशेष र फोहोरको व्यवस्थापनजस्ता विषयमा तथ्याङ्क सङ्कलन गरिने उनले बताए ।
जिल्लामा कृषि गणना कार्यालय चैत १ गते स्थापना गरी काम सुरु गरिएको उनले जानकारी दिए । कृषि गणनबाट प्राप्त तथ्याङ्कको प्रयोगले सरकारले परिकल्पना गरेको कृषि क्षेत्रको विकास एवं समृद्धिका लागि मद्दत पुग्ने जनाइएको छ ।













आज २०८२ साल पुस १५ गते मंगलबारको राशिफल
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
कुलमान, रवि र बालेन एउटै दल भएर चुनाव लड्ने सहमति
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रतिक्रिया