माओवादीकाे गण्डकी कार्यसमिति चार महिनापछि पूर्ण, मतदानबाट टुंगियो पद
२७ मंसिरमा सम्पन्न अधिवेशनले गायत्री गुरुङलाई अध्यक्षमा चयन गरेको थियो

पोखरा । माओवादी केन्द्र गण्डकी प्रदेश कार्यसमितिमा करिब चार महिनापछि पदाधिकारीको टुंगो लागेको छ । अध्यक्ष मात्रै चयन गरेर केन्द्रीय महाधिवेशनमा गएका प्रतिनिधिहरूले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि बुधबार पदाधिकारी टुंग्याएका हुन् ।
सर्वसम्मत प्रयास गर्दासमेत पार नलागेपछि मतदान प्रक्रियाबाट पदाधिकारी चयन गरिएको माओवादीले जनाएको छ । २७ मंसिरमा सम्पन्न अधिवेशनले गायत्री गुरुङलाई अध्यक्षमा चयन गरेको थियो ।
मतपरिणामअनुसार उपाध्यक्षमा मित्रशरण शर्मा (नवलपुर), गुणाखर बस्याल (पर्वत) र ज्ञामनाथ गैह्रे (बागलुङ) निर्वाचित भएका छन् । उपाध्यक्षमा ६ जना दाबेदार थिए । बस्यालले १२०, गैह्रेले ९३ र शर्माले ९० मत पाए । सचिवमा गोरखाका जगन्नाथ खनाल निर्वाचित भएका छन् । उनले गोरखाकै विष्णु भट्टलाई पराजित गरे । खनालले एक सय र भट्टले ७४ मत पाए ।
सहसचिवमा मेखबहादुर भण्डारी (लमजुङ), अतिन्द्रकेशरी न्यौपाने (तनहुँ) र टेकबहादुर विक (म्याग्दी) निर्वाचित भएका छन् । ६ जनाबीच भएको प्रतिस्पर्धामा न्यौपाने ११३, विक १०८ र भण्डारी १०४ मत ल्याउँदै विजयी भएका हुन् । कोषाध्यक्षमा स्याङ्जाका तारा भुसाल निर्वाचित भएका छन् । उनले ११० मत पाउँदा निकटतम प्रतिद्वन्द्वी कास्कीका मेखबहादुर विकले ३२ र कास्कीकै भीमबहादुर विकले २३ मत पाए ।
















टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
हामी देश बनाउने अभियानमा छौँ: अध्यक्ष ओली
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
पाकिस्तानको उत्तरपश्चिममा हिमपहिरो, नौ जनाको मृत्यु
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण
अराजकता मच्चाउनेलाई कारबाहीको दायरामा ल्याएरै छोडिन्छ : ओली
प्रतिक्रिया