आइतबार, माघ ११, २०८२

गगन थापाको नेतृत्वमा घोषणा पत्र समिति गठन

मेरोन्यूज २०७८ चैत १० गते १९:४९

काठमाडौँ । नेपाली कांग्रेसले स्थानीय निर्वाचनलाई लक्षित गरी घोषणा पत्र समिति गठन गरेको छ । पार्टीले महामन्त्री गगन थापाको नेतृत्वमा स्थानीय तह निर्वाचनको घोषणा पत्र समितिको गठन गरेको हो ।

केन्द्रीय कार्य समिति बैठकको अघिल्लो दिन देउवाले महामन्त्री थापालाई घोषणा पत्र तयारी समितिको संयोजक तोकेका थिए ।

‘नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको २०७८ फागुन ३ गतेको बैठकको निर्णयअनुसार पार्टी सभापति श्री शेरबहादुर देउवाले पार्टी महामन्त्री श्री गगनकुमार थापालाई ‘स्थानीय तह निर्वाचन २०७९’ घोषणा पत्र तयारी समितिको संयोजक मनोनयन गर्नु भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया