जाजरकोटका तीन ठाउँमा सौर्य मिनिग्रेट

जाजरकोट । विद्युतीकरण नभएको ठाउँमा तत्काल विद्युत पुर्याउने उद्देश्यले जाजरकोटका तीन ठाउँमा सौर्य मिनिग्रेट स्थापना गर्न लागिएको छ ।
वैकल्पिक उर्जा प्रवद्धन केन्द्रको ९० प्रतिशत अनुदान अन्य १० प्रतिशत प्रदेश सरकार र स्थानीयले साझेदारीमा सौर्य मिनिग्रेट स्थापना गर्न लागिएको हो । जुनिचाँदे गाउँपालिका-७ मा जुनि सौर्य मिनिग्रेट ३५ किलोवाट, कुशे ७ स्थित कुशे ठाँटीकोट सौर्यमिनिग्रेट १६० किलोवाट र नलगाड नगरपालिका-८ मा नलगाड मंसिरी सौर्य मिनिग्रेट १८ किलोवाट निर्माण हुने भएको छ ।
यो भन्दा अगाडि बारेकोट गाउँपालिका-५ मा १७० किलोवाटको सौर्य मिनिग्रेटको काम जारी रहेको छ । १६ करोड ८९ लाख ५२ हजार रुपैयाँ लागतमा निर्माण हुने सौर्य मिनिग्रेट मध्यबाट १० प्रतिशत प्रदेश र स्थानीय तहले साझेदारी गर्ने वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रक सहायक निर्देशक डाक्टर लक्ष्मण प्रसाद घिमिरेले बताए ।
तत्काल विद्युत पुर्याउन नसकिने ठाउँमा यस्ता खालका योजनामा कर्णाली सरकार तयार रहेको जलस्रोत तथा उर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले बताए ।
जाजरकोटमा भेरी,नलगाड, शिवालय र छेडागाड नगरपालिकाका केही ठाउँमा ११ केभी प्रशारण लाइन पुगेको छ । बारेकोट, जुनिचाँदे गाउँपालिकामा केन्द्रीय विद्युतको प्रशारण लाइन पुग्न सकेको छैन । नलगाड नगरपालिकाको अधिकांश वडामा केन्द्रीय लाइन पुगेको छैन ।
















आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
प्रतिक्रिया