गण्डकी सरकारले बनायो गाडी किन्ने मापदण्ड
काठमाडौँ । गण्डकी प्रदेश सरकारले मातहतका लागि आवश्यक गाडी खरिदको मापदण्ड तयार गरेको छ । फागुन ३० गते बसेको बैठकले सवारी साधनको मापदण्ड अध्ययन प्रतिवेदन पास गरेको छ ।
गाडीको खरिद र उपयोगितामा एक रूपता ल्याउने तथा मितव्ययिता अपनाउन मापदण्ड तोकिएको हो । यसअघि गाडीको मूल्यअनुसार खरिद गर्ने गरेकोमा अब क्षमताका आधारमा खरिद व्यवस्था मिलाइएको छ ।
नयाँ मापदण्डअनुसार मुख्यमन्त्रीका लागि तीन हजार सीसीको मात्रै गाडी किन्न पाइने भएको छ । सभामुख र मन्त्रीका लागि २५ सय सीसी तथा उपसभामुख, विपक्षी दलका नेता, राज्यमन्त्री, दलका सचेतक, दलका नेता, संसदीय सभापतिहरू, सहायक मन्त्री र प्रमुख सचिवका लागि २३ सय सीसीको गाडी किन्न पाइन्छ ।
यस्तै, मुख्य महान्यायाधिवक्ता, संवैधानिक निकायका प्रमुख र सदस्य, प्रदेश सचिवलाई २२ सय सीसीको गाडी किन्न पाइने गरी मापदण्ड तयार गरिएको सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए । उनका अनुसार यसअघि मन्त्रीहरूले मुख्यमन्त्री कार्यालयबाट पाउँदै आएका इन्धन अब आफ्नै मन्त्रालयबाट निकाल्न पाउने भएका छन् ।














यस्तो छ आजका लागि कृषिउपजको मूल्य
आज साेमबारका लागि विदेशी मुद्राको विनिमय दर यस्तो
पोखराको लेकसाइडका आठ स्पा सञ्चालक पक्राउ
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया