परराष्ट्रमन्त्री खड्का श्रीलंका जादैँ
मेरोन्यूज
२०७८ चैत १२ गते ११:३३

काठमाडौं । परराष्ट्रमन्त्री डा नारायण खड्का बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) सम्मेलनमा सहभागी हुन श्रीलंका जाने भएका छन् ।
बिमस्टेकको चैत १६ गते हुने पाँचै शिखर सम्मेलनअघि हुने मन्त्रीस्तरीय बैठकमा सहभागी हुन उनी श्रीलंका जान लागेका हुन् ।
परराष्ट्र मन्त्रालयका अनु्सार परराष्ट्रमन्त्री खड्का चैत १४ गते काठमाडौंबाट त्यसतर्फ प्रस्थान गर्नेछन् । चैत १५ गते कोलम्बोमा हुने बिमस्टेक मन्त्रीस्तरीय बैठकमा उनी सहभागी हुनेछन् ।
बिमस्टेकको साइडलाइनमा उनले अन्य देशका विदेशमन्त्रीसँग द्विपक्षीय वार्ता गर्ने परराष्ट्रले जनाएको छ । उनी चैत १७ गते स्वदेश फर्कनेछन् ।
सम्बन्धित















नेपाल राष्ट्र बैंकले आज (आइतबारका)का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
माघ १९ गते आइतबार, कुन राशिका लागि शुभ ?हेर्नुहोस् आजकाे राशिफल
टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया