आत्मनिर्भर अर्थतन्त्र बनाउन उद्योग व्यवसायको आधुनिकिकरण आवश्यकः ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको पुँजी परिचालन गरी आत्मनिर्भर अर्थतन्त्र बनाउनुपर्ने बताएका छन् । देशलाई उद्योग व्यवसायतर्फ लैजाँदा आत्मनिर्भर अर्थतन्त्र हुने उनले बताए ।
पार्टी मातहतको उद्योग व्यवसायी विशेष जिल्ला कमिटी काठमाडौंको अधिवेशनलाई सम्बोधन गर्दै ओलीले उद्योग व्यवसायलाई पनि आधुनिकीकरणतर्फ लानुपर्ने धारणा राखे ।
‘उत्पादनमा नवीनता, नयाँ उत्पादनमा प्रविधिको प्रयोग, नयाँ प्रकारका सुविधा, नयाँ प्रकारका उपभोग नै आधुनिकता हो’, उनले भने, ‘उत्पादनका क्षेत्रलाई आनुधिक बनाउनुपर्याे र परम्परागत उत्पादन प्रक्रियामा पनि आधुनिकता जोड्नुपर्याे ।’
पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले विकास पनि आधुनिकीकरण भएको बताए । त्यसअन्तर्गत भौतिक र सामाजिक पूर्वाधारमा लगानी बढाउनुपर्नेमा उनले जोड दिए ।
उनले कृषिमा आधुनिकीकरण नगरी उत्पादकत्व नबढ्ने र आयात प्रतिस्थापन नहुने बताए ।

















झापा–२मा पूर्वसभामूख घिमिरेलाइ हराएर पूर्वउपसभामूख रानामगर विजयी
११७ स्थानकाे मतगणना सकिँदा रास्वपाका ९१ उम्मेदवार विजयी
इलाम–२ बाट एमाले उम्मेदवार सुहाङ निर्वाचित
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे
देशभर शान्तिपूर्ण रूपमा मतदान सकियो
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
परराष्ट्र सचिव र चिनियाँ राजदूतबीच भेट
प्रतिक्रिया