सांसद साहमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छ : गृहमन्त्री खाँण
मेरोन्यूज
२०७८ चैत १२ गते २०:४५

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले जनता समाजवादी पार्टी (जसपा)का सांसद प्रमोद साहमाथि भएको सांघातिक आक्रमणको छानबिन हुने बताएका छन् । सर्लाहीको ईश्वरापुर नगरपालिका ६ पुरानो नगरपालिका चोकमा आज बिहान जसपाका प्रमुख सचेतकसमेत रहेका शाहमाथि नेकपा एमालेका कार्यकर्ताले आक्रमण गरेको हो ।
घाइते साहको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । गृहमन्त्री खाँणले उनलाई भेट्न अस्पताल पुगेका थिए । सोही क्रममा घटनाको छानबिन गरी दोषीलाई कारबाही गरिने बताएका थिए ।
गृहमन्त्री खाणले सांसद साहको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । पार्टी कामको सिलसिलामा गृह जिल्ला सर्लाही पुगेका सांसद साहको आक्रमणबाट टाउकोमा गहिरो चोट लागेको छ ।
सम्बन्धित
















सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
बालबालिकामा पोषण अवस्था लेखाजोखा गर्न पाखुरा नाप्ने अभियान सुरु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
पेस्तोल र गोलीसहित सालीनदी किनारबाट २ जना पक्राउ
प्रतिक्रिया