चिनियाँ विदेशमन्त्री काठमाडौं आएकै दिन अमेरिकी राजदूत किन पुगे बालुवाटार ?

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी भारत हुँदै नेपाल आएकै दिन अमेरिकी राजदुत ¥यान्डी बेरीले पनि आफनो दौडधुप बढाएका छन् । उनले वाङ यी काठमाडौं टेकेकै दिन विहान बालुवाटार पुगेर प्रधानमन्त्री शेरवहादुर देउवासँग भेटवार्ता गरेको बालुवाटार स्रोतले बताएको छ । राजदूत बेरी कुनै पूर्व निर्धारित भेटवार्ताका लागि बालुवाटार पुगेका थिएनन ।
उनले अचानक आफु प्रधानमन्त्रीसाग भेट गर्न आउन लागेको खवर छोडेर एक्काशी बालुवाटार पुगेको र प्रधानमन्त्री देउवासँग झण्डै ४५ मिनेट भेट वार्ता गरी फर्किएको बालुवाटार स्रोतले बताएको छ ।
‘उहाँ (राजदूत) आउने कुनै पूर्व निर्धारित कार्यक्रम थिएन, एक्काशी आफु प्रधानमन्त्री भेटन आउन लागेको खवर गर्नुभयो, त्यसको केही समयमै बालुवाटार आएर प्रधानमन्त्रीसँग भेट गरेर फर्किनुभयो’ बालुवाटार स्रोतले भन्यो, ‘चिनियाँ विदेशमन्त्री काठमाडौं आएकै दिन उहाँ अचानक बालुवाटार प्रधानमन्त्री भेटन आईपुग्नुभएको हो ।’
अमेरिका र चीनका वीचमा शक्ति संर्घष चल्दै आएको छ । नेपालले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन एमसीसी सम्झौता अनुमोदन गरेपछि त्यसपछि ‘नोटेट’ भन्दै औपचारिक मुख नखोलेपनि भित्री रुपमा त्यक्ति सन्तुष्ट नरहेको चीनका विदेशमन्त्री नेपाल आएकै दिन अमेरिकी राजदूतको प्रधानमन्त्रीसँगको भेट अर्थपूर्ण मानिएको छ ।
राजदूत बेरीले प्रधानमन्त्री देउवाको आसन्न भारत भ्रमण र अमेरिकी सांसदहरूको प्रतिनिधिमण्डल नेपाल आउने विषयमा पनि चासो राखेको बालुवाटार स्रोतले जनाएको छ ।
यधपी, प्रधानमन्त्री र राजदूत बेरीका वीचमा के कुराकानी भए ? भन्ने बारेमा भने दुवै पक्षले केही खुलाएका छैनन ।
प्रधानमन्त्री त्यसदिन बिहान साँढे ९ बजे शिवपुरीस्थित सेनाको कमान्ड एन्ड स्टाफ कलेजको कार्यक्रममा सहभागी हुने गरी एक साताअघि नै कार्यक्रम तय भएको थियो । प्रधानमन्त्री देउवालाई स्वागतका लागि प्रधानसेनापति प्रभुराम शर्मा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदु खरेल सवा ९ बजे पुगिसकेका थिए । तर, प्रधानमन्त्री समयमै पुग्न सकेनन् ।
‘प्रधानमन्त्रीलाई भेट्न अमेरिकी राजदूत बेरी आकस्मिक रूपमा बालुवाटार पुगेपछि उहाँ शिवपुरी जान ४५ मिनेटजति ढिलो भयो,’ प्रधानमन्त्रीको सचिवालय स्रोतले भन्यो ।















कर्णाली प्रदेश सरकारले कृषि विषयको अनुसन्धानार्थ पाँच लाख सहयोग
सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु
घोराही–लमही सडक विस्तार थालियो
तीनवटा सवारीसाधन एकापसमा ठोक्किँदा १२ जना घाइते
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया