जर्मनी र स्पेन अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा विजयी
मेरोन्यूज
२०७८ चैत १३ गते ९:०३

काठमाडौं । फिफा अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा शनिबार राति विश्व महारथी राष्ट्रहरु जर्मनी र स्पेनले जित निकालेका छन् । जर्मनीले इजरायललाई २-० अन्तरले हरायो । जर्मनीको जितमा काइ हार्भट्ज र टिमो वेर्नेरले समान एक एक गोल गरे ।
२६ औँ मिनेटमा हार्भट्जले जर्मनीलाई अग्रता दिलाए । पहिलो हाफको इन्जुरी समयमा वेर्नेरले गोल गर्दै जर्मनीको अग्रता दोब्बर बनाए ।खेलमा दुबै टोलीले पेनाल्टी सदुपयोग गर्न सकेनन् ।
अर्को खेलमा स्पेनले अल्बानियालाई २-१ अन्तरले हरायो । स्पेनको जितमा फेरान टोरेस र डानी आल्मोले एक एक गोल गरे । अल्बानियाका मेर्टो उजुनीले एक गोल फर्काए ।
७५औँ मिनेटमा टोरेसले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । ८५ औँ मिनेटमा उजुनीले गोल गर्दै खेल १-१ को स्थितिमा पुर्याए । खेलको ९० औं मिनेटमा आल्मोले गोल गर्दै स्पेनलाई २-१ को जीत दिलाए ।
सम्बन्धित









कमला नगरपालिकाका तत्कालीन मेयर गोइतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
नेपालका व्यवसायलाई साथ दिइरहेका फोटोन गाडीहरू
सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति
रसुवागढीस्थित सुख्खा बन्दरगाहको सफाइ
चीनमा रेल दुर्घटना हुँदा ११ जनाको मृत्यु
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुखद्वा्रा ‘जेनेरेटिभ एआई’ ले ल्याउनसक्ने समस्याबारे चिन्ता व्यक्त
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
महाधिवेशन नेतृत्व चयनमा मात्र केन्द्रित हुन्छ : महासचिव पोखरेल
प्रतिक्रिया