औषधि व्यवस्था विभागमाथि छानबिन गर्न मञ्चकाे माग

काठमाडौं । उपभोक्ता हित संरक्षण मञ्च र नेपाल फार्मेसी संघले औषधि व्यवस्था विभागमाथि छानबिन गरी कारबाही गर्न माग गरे छन् ।
आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा र राष्ट्रिय सर्तकता केन्द्रमा संयुक्त निवेदन पेश गर्दै मञ्च र संघले कुनै आधार र प्रमाणविना केही व्यापारीको स्वार्थमा ६५० मिलिग्रामको सिटामोलको दर्ताविना अनुमति कारोबार गर्न दिने कार्य हुन लागेको उल्लेख गदै कारबाही गर्न माग गरेका हुन् । ‘६५० मिलिग्रामको ठुलो मात्राको औषधि सेवन आम उपभोक्ताको कलेजोमा गम्भिर समस्या पर्ने हुदाँ कलेजो अस्पताल स्थापना र बजार विस्तारका लागि केही व्यक्तिहरुको दबावमा परेको ,’ निवेदनमा भनिएको छ ।
यस्तो सिटामोलको नेपालमा क्लिनिकल ट्रयाल नभएको, कुनै अनुसन्धान नभएको मञ्च र संघको दाबी छ । औषधिको मूल्य बढाउन लागेकाहरुको स्वार्थमा विभागले यस्तो निर्णय गरेको पनि उजुरीमा भनिएको छ ।
औषधिको आपूर्ति प्रतिबन्ध गर्ने र मूल्य एकाधिकार गर्ने गलत निर्णय सच्याउन माग गर्दै निवेदनमा विकसित देशहरुमा समेत यस्तो प्रकृतिको सिटामोलको उत्पादन र बिक्रीको अनुमति नदिइएको दाबी गरिएको छ ।

















अनर एक्स९डी प्रि–बुकिङमा ग्राहकलाई अफर
क्यानडाको चीनसँगको व्यापार कदमप्रति अमेरिकाको चासो
महिला समूहलाई नौमती बाजा बजाउन भ्याइनभ्याई
सुदूरपश्चिममा १८ महिला उम्मेदवार चुनावी मैदानमा
तनहुँमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
सभापति बनेपछि पहिलोपटक पार्टी कार्यालय सानेपा जाँदै गगन
प्रतिक्रिया