औषधि व्यवस्था विभागमाथि छानबिन गर्न मञ्चकाे माग

काठमाडौं । उपभोक्ता हित संरक्षण मञ्च र नेपाल फार्मेसी संघले औषधि व्यवस्था विभागमाथि छानबिन गरी कारबाही गर्न माग गरे छन् ।
आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा र राष्ट्रिय सर्तकता केन्द्रमा संयुक्त निवेदन पेश गर्दै मञ्च र संघले कुनै आधार र प्रमाणविना केही व्यापारीको स्वार्थमा ६५० मिलिग्रामको सिटामोलको दर्ताविना अनुमति कारोबार गर्न दिने कार्य हुन लागेको उल्लेख गदै कारबाही गर्न माग गरेका हुन् । ‘६५० मिलिग्रामको ठुलो मात्राको औषधि सेवन आम उपभोक्ताको कलेजोमा गम्भिर समस्या पर्ने हुदाँ कलेजो अस्पताल स्थापना र बजार विस्तारका लागि केही व्यक्तिहरुको दबावमा परेको ,’ निवेदनमा भनिएको छ ।
यस्तो सिटामोलको नेपालमा क्लिनिकल ट्रयाल नभएको, कुनै अनुसन्धान नभएको मञ्च र संघको दाबी छ । औषधिको मूल्य बढाउन लागेकाहरुको स्वार्थमा विभागले यस्तो निर्णय गरेको पनि उजुरीमा भनिएको छ ।
औषधिको आपूर्ति प्रतिबन्ध गर्ने र मूल्य एकाधिकार गर्ने गलत निर्णय सच्याउन माग गर्दै निवेदनमा विकसित देशहरुमा समेत यस्तो प्रकृतिको सिटामोलको उत्पादन र बिक्रीको अनुमति नदिइएको दाबी गरिएको छ ।

















केन्यामा बाढीका कारण कम्तीमा १० जनाको मृत्यु
हेटौँडा—काठमाडौँ जोड्ने कान्तिलोकपथ सञ्चालनमा
वनस्थलीमा रास्वपाको सचिवालय बैठक
युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना
स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
प्रतिक्रिया