पीएनजीविरुद्ध नेपाल १५ रनले विजयी

काठमाडौँ । त्रिदेशीय टी २० श्रृङ्खलाको पहिलो खेलमा नेपालले पपुवा न्यूगिनी (पीएनजी)लाई १५ रनले पराजित गरेको छ । त्रिवि मैदान कीर्तिपुरमा सम्पन्न भएको खेलमा नेपालले पीएनजीलाई १६८ रनमै समेटेको हो ।
टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभर खेल्दै नौ विकेट गुमाएर १८३ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको पीएनजी १९.२ विकेट खेल्दै अल आउट भएको हो ।
पीएनजीलाई पराजित गर्न नेपालका कप्तान सन्दीप लामिछाने र करण केसीले समान ३–३ विकेट लिए । यस्तै, अभिनाश बोहराले २ विकेट लिएका थिए भने सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले समान १–१ विकेट लिए ।
ब्याटिङतर्फ ओपनर कुशल भुर्तेलले इनिङ्सको पहिलो बलमै छक्का प्रहार गर्दै नेपाललाई आक्रमक सुरुवात दिलाएका थिए । उनले ११ बल खेल्दै ३ चौका र एक छक्का मद्दतमा २० रन बनाए ।
त्यस्तै, अर्का ओपनर आसिफ शेख र रोहित कुमार पौडेलले दोस्रो विकेटका लागि ८० रनको साझेदारी गरे । १२ औँ ओभरमा आसिफ आउट भए । उनले ३५ बल खेल्दै ५ चौका र एक छक्का प्रहार गर्दै ४३ रन बनाए ।
यसैगरी, रोहितले २६ बल खेल्दै २ चौका र एक छक्का मद्दतमा ३४ रन बनाए । त्यसपछि दीपेन्द्र सिंह ऐरी ४, कुशल मल्ल ११ र लोकेश बम ५ रनमा आउट भएका थिए ।
१६ औँ ओभरमा करण केसीले ७ बलमा १४ रन बनाएर आउट भए । १९ औँ ओभरमा सोमपाल कामी १ रन बनाएर आउट भए । अन्तिम ओभरको पाँचौ बलमा आरिफ शेख ३२ रन बनाएर आउट भए । उनले २२ बल खेल्दै ३ चौका र २ छक्का हानेका थिए ।
















पुरातत्व विभागका तत्कालीन इन्जिनियर र सहायक पथप्रदर्शकविरुद्ध भ्रष्टाचार मुद्दा दायर
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
राष्ट्र बैंकले आजका लागी निर्धारण गरेको मुद्राको विनिमयदर
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया