एमाले फुटेर कांग्रेसले सजिलै चुनाव जित्छ भन्ने भ्रम नपाल्न देउवाको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी चुनावी गठबन्धन पहिलो आवश्यकता भएको बताएका छन् । सोमबारको केन्द्रीय समितिको बैठकमा पार्टीलाई अन्तरघातको रोगबाट मुक्त बनाउँनुपर्ने देखिएको बताएका हुन् ।
उनले उक्त बैठकमा नेकपा एमाले फुटेर कांग्रेसले जितिन्छ भन्ने भ्रम नपाल्न सबैलाई निर्देशन दिएका थिए ।
बैठकमा सहभागी एक नेताले सभापति देउवालाई उदृत गदै भने ‘हाम्रो पार्टीमा एउटा रोग छ रोगबाट मुक्त भइसकेको छैन अन्तरघातको रोगबाट मुक्त भए मात्र गठबन्धन नपर्ने हो तर त्यस्तो देखिदैन त्यस कारण अहिलेको अवस्थामा गठबन्धन नगरी चुनाबमा जान सक्ने अवस्था छैन् ।’
ति नेताका अनुसार अरु पार्टी फुटेका छन् । हामी जितिहाल्छौँ भन्ने मानसिकता केही साथीहरुमा देखिएको तर त्यो भन्दा खराब अवस्था छ । ‘तपाईंहरु अनुशासनमा राख्नुहोस्अ, अनुशासन पालना नगर्नेलाई कारवाही पनि गर्नुहोस् ,’सभापति देउवाले उपसभापति महामन्त्री देखाउँदै भनेका थिए ।
विगतमा गठबन्धनको पक्षधर नभएको भन्दै आफ्नै दलले गठबन्धनको पक्षमा उभ्याएको बताउँदै सभापति देउवाले पार्टीभित्र अनुशासन कार्यान्वयन गराउन पनि पदाधिकारीहरुलाई निर्देशन दिएका देउवालाई उदृत गदै बताए ।
कांग्रेसको गत शुक्रबारदेखि अन्य दलहरुसँग गठबन्धन गर्ने कि नगर्ने विषयमा बैठक जारी छ । उक्त बैठकमा शेखर कोईराला समुहले गठबन्धन गर्न नहुने तर्क राख्दै आएको छन् ।
















मधेस–प्रदेशमा ३०० भन्दाबढीले गरे मतदान
पर्वतमा ८ वर्षमा २०४ किलाेमिटर सडक कालोपत्र
राष्ट्रिय सभा निर्वाचनः अहिलेसम्म कहाँ कति खस्यो मत ?
5 people dead in south India fire incident
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
सभापति बनेको ८ दिनपछि पार्टी कार्यालय प्रवेश गर्दै गगन थापा, प्रधानमन्त्रीको उम्मेदवार बनाइने
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
अराजकता मच्चाउनेलाई कारबाहीको दायरामा ल्याएरै छोडिन्छ : ओली
प्रतिक्रिया