सर्लाहीमा करिब पाँच लाख मतदाता
मेरोन्यूज
२०७८ चैत १५ गते १६:१४

सर्लाही । जिल्लामा मतदाताको संख्या चार लाख ७४ हजार ४३९ पुगेको छ । तीमध्ये पुरुष दुई लाख ५७ हजार १३८ र महिला मतदाता दुई लाख १७ हजार २९२ रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
निर्वाचन अधिकृत दिवाकर भुजेलका अनुसार यसैगरी अन्य नौ जना मतदाता रहेका छन् । जिल्लाको पालिकामा मतदान स्थल संख्या ३१८ र जम्मा मतदान केन्द्र संख्या ५९९ कायम रहेको उनले बताए ।
सबैभन्दा बढी बरहथवा नगरपालिका र सबैभन्दा कम पर्सा गाउँपालिकामा मतदाता संख्या रहेको छ । ती स्थानीय तहमा क्रमशः ४३ हजार २०२ र १२ हजार ५२७ मतदाता संख्या रहेको कार्यालयले जनाएको छ ।
जिल्लाका सुरक्षा अधिकारीहरुले मतदानस्थल र केन्द्रहरुको स्थलगत अनुगमनसमेत गरेका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए ।
सम्बन्धित














घोराही–लमही सडक विस्तार थालियो
तीनवटा सवारीसाधन एकापसमा ठोक्किँदा १२ जना घाइते
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया