भक्तपुरमा तरकारी बजार सञ्चालनमा, अध्यक्ष ओलीले उद्घाटन गर्ने
मेरोन्यूज
२०७८ चैत १५ गते १६:२०

काठमाडौँ । भक्तपुरको सिपाडोलमा तरकारी बजार खुलेको छ । बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीले बजारको उद्घाटन गर्ने भएका छन् ।
मेडिकल व्यवसायी दुर्गाप्रसाद प्रसाईंले उक्त बजार सञ्चालनमा ल्याएका हुन् । बजारका सञ्चालक राकेशप्रसाद प्रसाईंले तरकार बजार उदघाटनको तयारी पूरा भएको जनाए ।
सूर्यविनायक हरित कृषि थोक बजार नामक कृषिबजार जिल्लाको सूर्यविनायक नगरपालिका ८ आदर्श सिपाडोल क्षेत्रमा छ । तरकारी बजारको निर्माण कार्य २०७५ फागुनदेखि सुरु गरिएको थियो ।
बजार अरनिको राजमार्गअन्तर्गत आदर्श बस बिसौनीबाट दक्षिणको ३५ रोपनीको क्षेत्रको जग्गामा छ । बजारमा साढे सात सय स्टल छन् । बजार प्रत्येक दिन बिहान २ देखि बेलुकी ८ बजेमा खुल्ला रहने छ ।
सम्बन्धित














घोराही–लमही सडक विस्तार थालियो
तीनवटा सवारीसाधन एकापसमा ठोक्किँदा १२ जना घाइते
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया