सानिमा बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौँ । सानिमा बैंक गोकर्णेश्वर कार्यालयले ‘ग्लोबल मनी विक २०२२’ अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । गोकर्णेश्वर कार्यालयले बौद्धमा रहेको शान्ति फाउण्डेसनमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो ।
फाउण्डेसन गैर सरकारी संस्थाले महिलाहरूलाई सचेतना र सहायता दिने विभिन्न कार्य गर्दछ । उक्त कार्यक्रममा ५० जना महिलाको सहभागी भएका थिए । उक्त कार्यक्रममा बैंकको महत्व, बैंकिङ्ग सेवाहरू, डिजिटल बैंकिङ्ग र यसको महत्व, क्यूआर कोड र डिजिटल बैंकिङ्ग सेवा प्रयोग गर्दा अपनाउनु पर्ने सावधानी समावेश गरिएको थियो ।
फाउण्डेसनका कार्यकारी निर्देशक श्रीमती तामाङले वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको र सबैमा बैंकिङ्गको महत्व बुझाएकोमा बैंकलाई धन्यवाद दिइन् । बैंकले यसैगरी देशका सबै प्रदेशमा सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय साक्षरता कार्यक्रम आयोजन गर्दै आइरहेको छ ।
बैंकको देशभर १२६ कार्यालय र ११४ वटा एटिएम सञ्चालनमा ल्याएर सेवा दिँदै आएको छ ।
















कर्णालीमा गठबन्धनका उम्मेदवार विजयी
सातै प्रदेशमा ९५.६८ प्रतिशत मतदान
कोशीमा रोशनी मेचे राष्ट्रिय सभा सदस्य निर्वाचित
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
प्रतिक्रिया