सानिमा बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौँ । सानिमा बैंक गोकर्णेश्वर कार्यालयले ‘ग्लोबल मनी विक २०२२’ अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । गोकर्णेश्वर कार्यालयले बौद्धमा रहेको शान्ति फाउण्डेसनमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो ।
फाउण्डेसन गैर सरकारी संस्थाले महिलाहरूलाई सचेतना र सहायता दिने विभिन्न कार्य गर्दछ । उक्त कार्यक्रममा ५० जना महिलाको सहभागी भएका थिए । उक्त कार्यक्रममा बैंकको महत्व, बैंकिङ्ग सेवाहरू, डिजिटल बैंकिङ्ग र यसको महत्व, क्यूआर कोड र डिजिटल बैंकिङ्ग सेवा प्रयोग गर्दा अपनाउनु पर्ने सावधानी समावेश गरिएको थियो ।
फाउण्डेसनका कार्यकारी निर्देशक श्रीमती तामाङले वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको र सबैमा बैंकिङ्गको महत्व बुझाएकोमा बैंकलाई धन्यवाद दिइन् । बैंकले यसैगरी देशका सबै प्रदेशमा सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय साक्षरता कार्यक्रम आयोजन गर्दै आइरहेको छ ।
बैंकको देशभर १२६ कार्यालय र ११४ वटा एटिएम सञ्चालनमा ल्याएर सेवा दिँदै आएको छ ।














घोराही–लमही सडक विस्तार थालियो
तीनवटा सवारीसाधन एकापसमा ठोक्किँदा १२ जना घाइते
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
प्रतिक्रिया