बिमस्टेक शिखर सम्मेलनमा चार वटा सम्झौतामा हस्ताक्षर हुने
मेरोन्यूज
२०७८ चैत १५ गते १७:३३

काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को पाँचौ शिखर सम्मेलनमा चार वटा सम्झौता पत्रमा हस्ताक्षर हुने भएको छ ।
बिमस्टेक शिखर सम्मेलन बुधबार श्रीलंकाको राजधानी कोलम्बोमा हुँदै छ । ‘बिमस्टेक शिखर सम्मेलनमा चार वटा दस्तावेजमा हस्ताक्षर हुने अपेक्षा छ,’ परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बताइन् ।
लम्सालका अनुसार बुधबार हस्ताक्षर हुने सम्झौता पत्रमा बिमस्टेक बडापत्र, आपराधिक मामिलामा आपसी कानुनी सहायतासम्बन्धी बिमस्टेक महासन्धी, श्रीलंकाको कोलम्बोमा बिमस्टेक प्रविधि हस्तान्तरण संरचना स्थापनासम्बन्धी आवद्धताको सम्झौता र कूटनीतिक तालिमका क्षेत्रमा आपसी सहयोगसम्बन्धी बिमस्टेक समझदारी पत्र रहेका छन् ।
सम्बन्धित
















मुलुकभित्रका बेथिति आपसी समन्वयमार्फत अन्त्य गर्दै जानुपर्छः प्रधानमन्त्री कार्की
कर्मचारी सञ्चय कोषबाट कोशी प्रदेशमा योगदानमा आधारित निवृित्तभरण सुरु
प्रधान सेनापति खुल्ला म्याराथन दौड माघ २४ गते हुने
मधेस–प्रदेशमा ३०० भन्दाबढीले गरे मतदान
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
प्रतिक्रिया