महालक्ष्मी बैंकद्वारा सिद्धार्थनगर नगरपालिकालाई डस्टविन हस्तान्तरण

काठमाडौँ । ‘सबल बैंक, सफल सहकार्य’को नारसहित गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकको भैरहवा शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअनुरुप रुपन्देहीको सिद्घार्थनगर नगरपालिकालाई डस्टविन सहयोग गरेको छ । बैंकको उक्त शाखाले नगरपालिकालाई १३ थान डस्टविन हस्तान्तरण गरेको हो ।
नगरपालिकामा चुनौतीको रुपमा रहेको फोहोर व्यवस्थापनमा सहजता होस् भन्ने उद्देश्यले बैंकले डस्टविन हस्तान्तरण गरिएको बैंकका भैरहवा शाखा प्रबन्धक गौतम गुप्ताले बताए । नगरपालिकाको प्राङ्गणमा आयोजित एक कार्यक्रमकाबीच गुप्ताले नगरपालिकाकी उपप्रमुख उमा काफ्लेलाई डस्टविन हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा बोल्दै उपप्रमुख काफ्लेले विगतदेखि बैंकले सामाजिक उत्तरदायित्वका कार्य नगरभित्र प्रभावकारी रुपमा सञ्चालन गर्दै आएको बताइन् ।
बैंकले देशभर फैलिएका १०३ शाखाबाट सेवा दिँदै आएको छ । हाल बैंक देशभर १०३ वटा शाखा सञ्चालनमा ल्याएको छ । बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो बनाउन विभिन्न सेवा सञ्चालनमा ल्याएको छ ।













कर्णालीका तीन जिल्लामा ८६ वटा टेलिकमका टावर विस्तार
पूर्वराष्ट्रपतिद्वय यादव र भण्डारीबीच भेटवार्ता
शाओमी नेपालको नयाँ आधिकारिक सर्भिस सेन्टर लाहानमा
चन्द्र ढकालका छोरा सचिन बालेनको तर्फबाट रास्वपाको समानुपातिक सूचीमा
काठमाडौंमा यसरी मनाइयाे तमु ल्होसार (तस्बिरहरू)
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रधानमन्त्री कार्कीसँग पूर्वप्रधानमन्त्रीहरु देउवा, ओली र प्रचण्डकाे बैठक जारी
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
फेरि संवादमा जुटे बालेन र कुलमान
प्रतिक्रिया