महालक्ष्मी बैंकद्वारा सिद्धार्थनगर नगरपालिकालाई डस्टविन हस्तान्तरण

काठमाडौँ । ‘सबल बैंक, सफल सहकार्य’को नारसहित गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकको भैरहवा शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअनुरुप रुपन्देहीको सिद्घार्थनगर नगरपालिकालाई डस्टविन सहयोग गरेको छ । बैंकको उक्त शाखाले नगरपालिकालाई १३ थान डस्टविन हस्तान्तरण गरेको हो ।
नगरपालिकामा चुनौतीको रुपमा रहेको फोहोर व्यवस्थापनमा सहजता होस् भन्ने उद्देश्यले बैंकले डस्टविन हस्तान्तरण गरिएको बैंकका भैरहवा शाखा प्रबन्धक गौतम गुप्ताले बताए । नगरपालिकाको प्राङ्गणमा आयोजित एक कार्यक्रमकाबीच गुप्ताले नगरपालिकाकी उपप्रमुख उमा काफ्लेलाई डस्टविन हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा बोल्दै उपप्रमुख काफ्लेले विगतदेखि बैंकले सामाजिक उत्तरदायित्वका कार्य नगरभित्र प्रभावकारी रुपमा सञ्चालन गर्दै आएको बताइन् ।
बैंकले देशभर फैलिएका १०३ शाखाबाट सेवा दिँदै आएको छ । हाल बैंक देशभर १०३ वटा शाखा सञ्चालनमा ल्याएको छ । बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो बनाउन विभिन्न सेवा सञ्चालनमा ल्याएको छ ।

















दाउन्नेमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक अवरुद्ध
नेप्से परिसूचकमा सकारात्मक सर्किट
समानुपातिकको मतगणना जारी, ८३ लाख ८२ हजार ९८४ गणना
India wins T20 World Cup Cricket title
४ पार्टीको कट्यो थ्रेसहोल्ड, श्रम संस्कृति भने नजिकै
कैलालीका २ क्षेत्रमा नेकपा, एक/एक क्षेत्रमा कांग्रेस र रास्वपाको अग्रता
सर्लाही-४ : गगनभन्दा अमरेशले थप बढाए मतान्तर
इलाम–२ मा सुहाङको अग्रता कायमै
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
झापाका पाँचै निर्वाचन क्षेत्रमा मतान्तर बढाउँदै रास्वपा उम्मेदवार
प्रतिक्रिया