क्रिकेट: घरेलु मैदानमा लगातार दोस्रो जितको दाउमा नेपाल
मेरोन्यूज
२०७८ चैत १६ गते ७:५४

काठमाडौं । त्रिकोणात्मक टी(२० अन्तर्राष्ट्रिय शृंखलामा घरेलु टोली नेपालले आज बुधबार आफ्नो दोस्रो खेलमा मलेसियाको सामना गर्दैछ । खेल कीर्तिपुरस्थित टियु मैदानमा अपरान्ह साढे १२ बजे सुरु हुनेछ ।
शृंखलामा नेपाल लगातार दोस्रो जितको खोजीमा छ । घरेलु दर्शकको राम्रो साथ पाएको नेपालले पहिलो खेलमा पपुवा न्युगिनी ९पीएनजी० लाई हराएको थियो ।
पहिलो खेलमा देखिएको सुधारिएको ब्याटिङलाई निरन्तरता दिदै नेपाल बलिङमा भने सुधार गर्न चाहन्छ । नेपाल सन्दीप लामिछानेको कप्तानीमा रहनेछ ।
पहिलो खेलमा मलेसियाले समेत पीएनजीलाई पराजित गर्दै राम्रो सुरुआत गरेको थियो । तालिकामा दुबै टोलीको दुई अंक छ ।
नेपाल र मलेसियाबीच हेड टु हेड हेर्ने हो भने नेपालले आफूलाई हाबी भएको सिद्ध गरेको छ । ६ पटकको भेटमा नेपालले पाँच पटक जित निकालेको छ भने मलेसिया एक पटक विजयी भएको छ ।
सम्बन्धित
















सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
पुरातत्व विभागका तत्कालीन इन्जिनियर र सहायक पथप्रदर्शकविरुद्ध भ्रष्टाचार मुद्दा दायर
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
प्रतिक्रिया