क्रिकेट वरियता : कुशलको दुई स्थान सुधार, सन्दीपको एक स्थान खस्कियो

काठमाडौँ । नेपाली क्रिकेट टोलीका ओपनर ब्याटर कुशल भुर्तेलले आइसिसी टी–२० ब्याटिङ वरियतामा दुई स्थान सुधार गरेका छन् ।
आइसिसीले बुधबार सार्वजनिक गरेको वरियतामा कुशल २९ औँ स्थानमा उक्लिए । कुशल पछिल्लो हप्ता वरियताको ३१ औँ स्थानमा थिए । यस्तै, वरियताको शीर्ष सयभित्र रहेका अर्का ब्याटर दीपेन्द्रसिंह ऐरी भने पुरानै वरियतामा यथावत् छन् । दीपेन्द्र वरियताको ५१ औँ स्थानमा छन् ।
वरियताको शीर्ष स्थानमा भने पाकिस्तानका कप्तान बाबर आजम र दोस्रो स्थानमा पाकिस्तानकै अर्का ब्याटर मोहम्मद रिजवान यथावत् छन् । यस्तै, तेस्रो स्थानमा दक्षिण अफ्रिकाका आइदेन मार्करम, चौथोमा इङ्ल्याण्डका डेविड मलान र पाँचौँ स्थानमा न्युजिल्याण्डका डेविड कोनवे छन् ।
यस्तै, टी–२० को बलिङ वरियतामा नेपाली टोलीका कप्तान सन्दीप लामिछाने एक स्थान खस्किएका छन् । नयाँ वरियतामा उनी ३७ औँ स्थानमा छन् ।
टी–२० वरियतामा अटाएका नेपालका अर्का बलर अविनाश बोहरा ८१ औँ स्थानमा छन् ।
















पुरातत्व विभागका तत्कालीन इन्जिनियर र सहायक पथप्रदर्शकविरुद्ध भ्रष्टाचार मुद्दा दायर
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
राष्ट्र बैंकले आजका लागी निर्धारण गरेको मुद्राको विनिमयदर
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया