आइतबार, माघ ११, २०८२

भूमिहीनलाई लालपुर्जा वितरण

मेरोन्यूज २०७८ चैत १६ गते २१:५३

काठमाडौँ । रुपन्देहीको ओमसतीया गाउँपालिका २ करबलाका भूमिहीनलाई जग्गाधनी लालपुर्जा वितरण गरिएको छ ।

लामो समयदेखि भूमि नपाएका उक्त गाउँका २४ जनालाई आज एक कार्यक्रमका बीच नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले लालपुर्जा वितरण गरे ।

नेता खाँणले यसपटक छुटेका अन्य भूमिहीनलाई छिट्टै लालपुर्जा वितरणका लागि पहल गरिने बताए । भूमिहिनको विवरण संकलन र जग्गा नापजाँच भइरहेको भन्दै छिट्टै सबै भूमिहीनलाई भूमिको व्यवस्थापन गरिने उनले बताए ।

जिल्लामा राष्ट्रिय भूमि आयोग रुपन्देहीले जग्गा नापजाँच गरिरहेको छ ।

प्रतिक्रिया