शुक्रबार, पुष १८, २०८२

कन्यालाई नयाँ यात्राकाे अवसर, अन्य राशिकाे आज कस्तो ?

मेरोन्यूज २०७८ चैत १७ गते ६:५८

काठमाडौं । आजको मिति १७ चैत २०७८ बिहीबार । तद्नुसार मार्च महिनाको ३१ तारिक २०२२ । फागुनकृष्णपक्ष चर्तुदशी, पूर्वभाद्रपदा नक्षत्र, शुक्ल योग र चन्द्रमा मीन राशिमा छ । आज बिहान सूर्योदय ५ः५६ मा भएको छ भने सूर्यास्त ६ः११ मिनेटमा हुनेछ । शैक्षिक गतिविधिका लागि बिहीबार राम्रो मानिन्छ । बिहीबारका दिन पुस्तक लेखन, शैक्षिक संस्थाको गतिविधि गर्नु उत्तम मानिन्छ ।

अब लागौं आजको राशिफलतर्फ

मेष
सामाजिक र धार्मिक कामबाट तपाईंलाई मानसम्मान मिल्नेछ । स्वास्थ्यमा सुधार हुनेछ, आफूभन्दा उच्च व्यक्तिबाट प्राप्त हुने सम्मानले मनमा खुसी छाउने छ । नयाँ काम गर्न मन लाग्नेछ ।

वृष
आकस्मिक धनलाभ हुनेछ । व्यापारबाट नसोचेको आर्थिक लाभ प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ । मनमा सकारात्मक सोच र खुसी हुने खबरले उत्साह थपिने छ । सामाजिक सेवामा मन जानेछ ।

मिथुन
धनलाभ र नयाँ नयाँ खबरले मनमा खुसियाली छाउने छ । घरपरिवार र आफन्तसँग केही विषयमा विवाद हुनसक्छ । आजको दिन कम बोल्ने र अर्काका कुरा सुन्ने गर्दा राम्रो हुनेछ । राम्रो काम गर्न खोज्दा पनि अनावश्यक आरोप लाग्न सक्छ । सत्कार्यका लागि तपाईंले गरेका कामअनुसारको फल प्राप्त हुनेछ ।

कर्कट
कर्कट राशिका जातकका लागि आजको दिन यात्रा गर्न लाग्नु भएको छ भने यात्राबाट फाइदा पुग्नेछ । आजको दिन सोचअनुसारको काम गर्दा फाइदा हुन्छ । व्यापारमा नयाँ लगानी गर्नु पनि सकिन्छ । अध्ययनअध्यापनमा लागेका कर्कट राशिका जातकका लागि नयाँ अवसर प्राप्त हुनेछ ।

सिंह
सिंह राशिका जातकले बिहीबार बिहान सूर्योदयको दर्शन गर्नुहोला । अनावश्यक विवाद हुनसक्छ । आजको दिन भुलेर पनि कसैसँग विवाद नगर्नुहोला । पारिवारिक समस्याका कारण मनमा अनेक समस्या उत्पन्न हुनसक्छ । आजको दिन मौन रहेर आफ्नो नियमित कार्य गर्नुहोला । अध्ययनमा रुचि छ भने नयाँ पुस्तक अध्ययनको थालनी शुभ हुनसक्छ ।

कन्या
नयाँ स्थानमा यात्रा गर्नुपर्ने हुनसक्छ । नयाँ मित्रमण्डलीसँगको भेटले कार्यगत उत्साह थपिने छ । आफन्त र मित्रजनबाट साथ र सहयोगको प्रस्ताव आउनसक्छ । आजको दिन नयाँ बस्त्र खरिद गरेर लगाउन राम्रो हुनेछ । स्त्रीजातिको साथ र सहयोग लिएर कुनै काम गर्नु थाल्नुभएको छ भने सोचअनुसारको प्रतिफल प्राप्त हुनेछ ।

तुला
तुला राशिमा जातका लागि मानसिक असन्तोष र सोच अनुसारको काम नहुँदा चिन्ता थप हुनसक्छ । त्यसैले मनमा सकारात्मक सोच राखेर काम गर्न आवश्यक छ । व्यापारमा हुनुहुन्छ भने आजको दिन फाइदा हुन्छ । धैर्यको आवश्यकता हुन्छ । सकारात्मक सोच राखेर अघि बढ्नु होला ।

वृश्चिक
आजको दिन बिहान सूर्योदयको दर्शन गरेर दिनको शुरुवात गर्नुहोला । मनमा प्रसन्नता र उत्साह बढ्ने छ । कुनै नयाँ कामको शुरुवात समेत गर्न सक्नुहुनेछ । आज शुरुवात गरेको कामबाट सफलता प्राप्त हुनेछ । तपाईंमाथि अनावश्यक आरोप लाग्नसक्छ त्यसैले आफ्नो नियमित काम गर्दा होसियारी, धैर्य आवश्यक छ ।

धनु
परिवार तथा आफन्तजनको साथ सहयोगले तपाईको कार्य प्रगति हुनेछ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन ब्यर्थमा समय खर्च र अनावश्यक आर्थिक भार थपिने छ । आजको दिन मित्रमण्डलीबाट असहयोग हुनसक्नेछ। साथ सहयोग कसैको नहुँदा पनि तपाईंको मनमा उर्जाका लागि देवालय र शिवालयको दर्शन गर्नु उत्तम हुनेछ ।

मकर
आजको दिन तपाईंको सोचअनुसारको काम हुने भएकाले नयाँ काम गर्नसक्नुहनेछ । आफूले गरिरहेको कामबाट मानसम्मान प्राप्त हुनसक्छ । आफ्नो कर्मयात्रामा हिँडिरहेकालाई नसोचेको सम्मान मिल्नसक्छ । धेरै खुसी र दुःखी नभइकन आफ्नो काम गरिरहनु होला । मनमा निकै हर्ष छाइरहने छ बिहान सूर्यनारायणलाई जल दिएर दर्शन गर्नुभयो भने दिन सफल हुनेछ ।

कुम्भ
मनमा अति प्रसन्नता छाउने छ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजयप्राप्ति हुनेछ । ब्यापारबाट बाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुभयो भने मानसम्मान मिलनेछ । सामाजिक काममा मन जानेछ । तपाईले गरेको कार्यको परिवारका सदस्य समेत खुसी हुनेछन् ।

मीन
बिहीबारका दिन मीन राशिमा जातकले विहान सूर्योदयको दर्शन गरेर नजिक वा देवालयको दर्शन गर्नु उत्तम छ । चन्द्रमाको साथ रहेको छ । अध्ययन अध्यापनको क्षेत्रका कार्य गर्ने जातकले आजको दिन विहान सूर्यस्तोत्र पाठ गर्दा सकारात्मक सोच बढ्नेछ । तपाईंले गर्न खोजेको काममा पनि सफलता मिल्नेछ । यात्रा र धार्मिक कार्यमा लाग्नु भयो भने मनमा उत्साह भरिने छ । आजको दिन सामाजिक सेवामा वित्नेछ ।

प्रतिक्रिया