एआईजी बढुवा प्रकरणः सरकारको निर्णय विरुद्ध सर्वोच्चमा उजुरी दर्ता

काठमाडौं । सरकारले नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा गर्ने निर्णय गरेको छ । सो निर्णय विरुद्ध प्रहरीकै तिन जना डिआईजी सर्वोच्च अदालतमा उजुरी दर्ता गरेका छन् ।
सरकारको निर्णय विरुद्ध सिनियर डीआईजीहरू घनश्याम अर्याल, प्रकाशजंग कार्की र ईश्वरबाबु कार्की बढुवाको निर्णयविरुद्ध सर्वोच्चमा उजुरी दर्ता गरेका हुन् ।
आफुहरुभन्दा जुनियर डिआईजीहरुलाई बढुवा गरेको भन्दै सिनियर डिआईजीहरुले सरकारको निर्णय विरुद्ध सर्वोच्च मा पुगेको एक डिआईजीले बताए ।
लोक सेवाले उनीहरुको उजुरीमाथिको जानकारी लिखित रुपमै दिएका थिए । चैत १ गते गृहसचिव नेतृत्वको बढुवा सिफारिस समितिले वसन्त पन्त, धीरजप्रताप सिंह र रवीन्द्र धानुकलाई बढुवाका लागि सिफारिस गरेको थियो ।
तर, आफूभन्दा जुनियर डीआईजीद्वय सिंह र धानुकलाई एआईजी बनाउन सिफारिस गरेको भन्दै उनीहरुले बढुवामाथिको उजुरी सुन्ने समितिमा उजुरी दिएका थिए। उक्त उजुरीमाथि कारबाही गर्दै लोक सेवा आयोगका अध्यक्ष रहेको उजुरी सुन्ने समितिले बढुवा सिफारिस समितिको निर्णयलाई नै सदर गरेको थियो ।














पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
प्रतिक्रिया