बुधबार, पुष १६, २०८२

नेपाल बैंकद्वारा गण्डकी प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

मेरोन्यूज २०७८ चैत १७ गते १६:५०

काठमाडौँ । नेपाल बैंकले गण्डकी प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरी ‘ग्लोबल मनी विक’ रुपमा सम्पन्न भएको छ । गण्डकी प्रदेशअन्तर्गतका सम्पूर्ण व्यक्तिमा वित्तीय सेवाको पहँुच पुर्याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको बैंकले जनाएको छ ।

ग्लोबल मनी विक २०२२ को थिम ‘बिल्ड योर फ्युचर, वि स्मार्ट अबाउट मनी’ र ग्लोबल मनी विकको नारा ‘लर्न सेभ अर्न’लाई सार्थक बनाउन बैंकले गण्डकी प्रदेशमा अभियान सञ्चालन गरेको हो । बैंकका विभिन्न शाखाहरूले विद्यार्थी, महिला, किसान, उद्यमीलगायत वित्तीय साक्षरता गराएको हो ।

बैंकले गण्डकी प्रदेशमा यस आर्थिक वर्षको शुरुदेखि हालसम्म २० वटा वित्तीय साक्षरताका कार्यक्रम सञ्चालन गरेको र उक्त कार्यक्रमबाट करिब एक हजार पाँच सय लाभान्वित भएको बैंकले जनाएको छ ।

बैंकले नेपालभर २१३ शाखा, १५० एटिएम साथै विभिन्न माध्यमबाट सेवा दिँदै आएको छ ।

प्रतिक्रिया