दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुवै चालकको मृत्यु
मेरोन्यूज
२०७८ चैत १७ गते १७:३२
पर्सा । जिल्लाको पोखरिया नगरपालिका ३ मा बिहीबार दुई मोटरसाइकल ठोक्किँदा दुवै चालकको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।
प्रहरीका अनुसार ना ३ प १०२६ र प्रदेश २ ०३ ००४ प ७४७६ नम्बरको मोटरसाइकल बिहीबार बिहान सवा १० बजे ठोक्किएका थिए ।
दुर्घटनामा मोटरसाइकल चालकहरू धोवीनी गाउँपालिका २ गुलरियाका ३५ वर्षीय ललनप्रसाद कुर्मी र सखुवाप्रसौनी गाउँपालिका ५ बस्ने २९ वर्षीय हसिन्द्र सहनीको घटना स्थलमै मृत्यु भएको हो ।
घटनामा घाइते भएका दुई जनाको विरगञ्जस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।
सम्बन्धित
















अपर तमोर हाइड्रो कम्पनीमा कार्यरत एक युवक मृत अवस्थामा फेला
इरानी मिसाइल आक्रमणमा अमेरिकी सैनिक घाइते, अमेरिकाले थप सेना पठायो
मध्यपूर्वमा तनाव चर्किँदै, समुद्री ढुवानीमा अवरोधको डर
कार्यविवरणको कार्यसम्पादन सूचक ४५ दिनभित्र तयार गरिने
एथर रिज्टा एस नेपालमा सार्वजनिक, कति छ मूल्य ?
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
प्रतिक्रिया