बुधबार, पुष १६, २०८२

लक्ष्मी बैंक र आईसीआईसीआई बैंकबीच सम्झौता

मेरोन्यूज २०७८ चैत १७ गते १८:०२

काठमाडौँ । लक्ष्मी बैंक र भारतको आईसीआईसीआई बैंकबीच व्यापारिक साझेदारीका क्षेत्रहरू विस्तार गर्ने सम्झौता सम्पन्न छ । सो सम्झौतापत्र लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह र आईसीआईसीआई बैंकका नेपाल प्रमुख प्रतिनिधि रञ्जन कुमार थापाले आदानप्रदान गरेका थिए ।

उक्त सम्झौताले नेपाल र भारतबीचको परम्परागत अन्तर–बैंक भुक्तानीका साथै क्युआर भुक्तानी गरी दुई देशबीच रेमिट्यान्स भुक्तानीको दायारा विस्तार गर्न सहज बनाउने छ ।

साथै यो सम्झौताल दुई बैंकबीच मानव संसाधन, प्रविधि र सञ्चालनलगायत विविध क्षेत्रमा ज्ञान आदानप्रदान गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया