भोलि दिउँसो १ः२५ बजे प्रधानमन्त्री देउवा भारत प्रस्थान गर्ने
मेरोन्यूज
२०७८ चैत १७ गते १८:२८

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा भोलि शुक्रबार तीन दिने भारत भ्रमणका लागि प्रस्थान गर्ने भएका छन् । उनी भोलि दिउँसो १ः२५ बजे नेपाल एयरलाइन्सको जहाजमार्फत भारत जाने भएका हुन् ।
भ्रमणमा प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय बैठकमा सहभागी हुने कार्यक्रम रहेको छ । यस्तै दुवै देशका प्रधानमन्त्रीको उपस्थितीमा केही समझदारी तथा सम्झौता पत्रमा हस्ताक्षर हुने भएको छ ।
प्रधानमन्त्रीसँगै परराष्ट्रमन्त्री नारायण खड्का, ऊर्जामन्त्री पम्फा भुसाल, स्वास्थ्यमन्त्री विरोध खतिवडा र कृषिमन्त्री महेन्द्रराय यादवलाई साथै जाने भएका छन् ।
भोलि दिउँसो ३ बजे भारतको राजधानी नयाँ दिल्ली पुगेका प्रधानमन्त्री देउवाको टोली २० गते साँझ ६ बजे स्वदेश फिर्ता हुने कार्य तालिका रहेको छ ।
सम्बन्धित














पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
प्रतिक्रिया