आइतबार, फागुन २४, २०८२

शाओमी १२ प्रो नेपाली बजारमा

मेरोन्यूज २०७८ चैत १७ गते २०:५९

काठमाडौँ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आफ्नो फ्ल्याग्शिप सिरिज शाओमी १२ अन्तर्गत शाओमी १२ प्रोको लन्च गरेको छ । प्रयोगकर्तालाई कटिङ एज भिडियोग्राफि र एन्टरटेन्मेन्ट पावर हाउसको अनुभव दिने उद्देश्यले अत्याधुनिक एआई एल्गोरिदम, फ्ल्यागशिप प्रोसेसिङ पावरको साथ फोन बजारमा ल्याइएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

‘शाओमी १२ प्रो को ५० एमपी मेन वाइड एङलको सुपेरियर ट्रिपल क्यामराले एकदमै उत्कृष्ट फ्ल्यागशिप अनुभव प्रदान गर्छ,’ शाओमी नेपालका नयाँ कन्ट्री जेनेरल म्यानेजर अमित पंडाले भने, ‘यसमा डिस्प्लेमेटले एम प्लस रेटिङ गरेको एमोलेड डट डिस्प्ले छ, यसमा स्क्य्राच रेसिस्टान्ट कर्निङ गोरिल्ला ग्लास भिक्टस राखिएको हुँदा स्क्रिन कोरिने चिन्ता हुँदैन ।’

यस फोनको चार्जिङ स्पिड र सेफ्टी छ । जसले गर्दा यसले पूरा दिन प्रो–ग्रेडको सिनेम्याटिक मनोरञ्जन प्रदान गर्न सक्छ ।

प्रतिक्रिया