आइतबार, वैशाख ६, २०८३

रुस-युक्रेनबीच शुक्रबार पुनः शान्ति वार्ता शुरु हुने

मेरोन्यूज २०७८ चैत १८ गते १४:४८

काठमाडौँ । युक्रेन र रुसले शुक्रबार अनलाइन ढाँचामा शान्ति वार्ता पुनः शुरु गर्न लागेको युक्रेनी प्रतिनिधिमण्डलका सदस्य डेभिड अरखामियालाई उदृत गर्दै युक्रेनफर्म समाचार एजेन्सीले बताएको छ ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

वार्ताको क्रममा युक्रेनी र रुसी प्रतिनिधिमण्डलले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बीचको बैठकको लागि आवश्यक सम्झौता गर्न प्रयास तीव्र पार्ने पनि अरखामियाले टेलिग्राममा गल्लेख गरेका छन् ।

‘हामी आशा गर्छौं राष्ट्रपतिहरूले अर्को भेट गर्नेछन्,’ अरखामियाले भने । युक्रेनी पक्षले रुस वा बेलारुसबाहेक अन्यत्र बैठक बस्न जोड दिँदै आएको छ ।

तास समाचार एजेन्सीका अनुसार क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बिहीबार भनेका छन्, ‘भोलि शान्ति वार्ता पुनः शुरु गर्नेबारे छलफल भएको छ, यदि यो भयो भने हामी तपाईंलाई सूचित गर्ने छौँ ।’

पुटिन र जेलेन्स्कीबीचको सम्भावित भेटको कुनै स्पष्ट समयावधि नभएको स्पष्ट पारिएको छैन । उनले भने, ‘सम्झौताको पाठमा कामलाई अन्तिम रूप दिन, उच्चपदस्थ अधिकारीले यस पाठको स्वीकृति र प्रारम्भ गर्नुअघि उच्च तहको बैठक बोलाउनु पर्छ ।’

प्रतिक्रिया