विगतका जनप्रतिनिधिलाई ‘सकभर′ नदोहोर्याउने माओवादीको निर्णय (परिपत्रसहित)

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले आगामी स्थानीय तह निर्वाचनमा सकभर विगतका जनप्रतिनिधिलाई नदोहोर्याउने भएको छ । विशिष्ट परिस्थितीमा बाहेक सामान्यतयः विगतका प्रतिनिधिलाई नदोहोर्याउने गरी उम्मेदवार छनौट र सिफारिस गर्न माओवादीले मातहात पार्टी कमिटीलाई विशेष परिपत्र जारी गरेको छ ।
अध्यक्ष प्रचण्डले शुक्रबार पार्टी पंक्तिलाई परिपत्रमार्फत त्यस्तो निर्देशन गरेका हुन् । उनले उम्मेदवार छनौटको ६ बुँदे मापदण्ड बनाउन पनि पार्टीमा निर्देशन गरेका छन् ।
प्रचण्डले जारी गरेको सर्कुलरमा देश, जनता, पार्टी र क्रान्तिप्रति निष्ठावान भएका स्वच्छ छवि भएका तथा लोकप्रिय रहेकालाई उम्मेदवार छनौट र सिफारिस गर्न निर्देशन गरेका छन् ।
यस्ता छन् उम्मेदवार छनौट र सिफारिस गर्दा बनाइएका मापदण्ड
क) विशेष परिस्थितिमा बाहेक सामान्यतया विगतका प्रतिनिधिलाई नदोहोर्याउने
ख) देश जनता पार्टी र क्रान्तिप्रति निष्ठावान रहेको हुनुपर्ने
ग) स्वच्छ छवि भएको हुनुपर्ने
घ) विजयको सम्भावना भएको लोाकप्रिय व्यक्ति छनौटमा ध्यान दिने
ङ) पार्टी अनुशसानप्रति निष्ठावान हुनुपर्ने
च) समानुपातिक समावेशी प्रतिनिधित्वका आधारलाई विशेष ध्यान दिनुपर्ने

















झापाका ९५ मतदानस्थल अति संवेदनशील
कांग्रेसका मुख्य सचिव पौडेलले दिए राजीनामा
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
सर्लाहीमा ७ किलो गाँजासहित दुई जना पक्राउ
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
बागलुङमा जनमोर्चा र नेकपाबीच तालमेलगर्ने सहमति
प्रतिक्रिया