आज धनुलाई आकस्मिक धन लाभ, तपाईको राशिफल कस्तो ?

काठमाडौं । आजको मिति १९ चैत २०७८ शनिबार । तद्नुसार अप्रिल महिनाको २ तारिक २०२२ । चैतशुक्लपक्ष प्रतिपदा तिथि (आजदेखि नयाँ बर्षको शुरुवातको दिन) । आजदेखि २०७८ को शुरुवात भएको दिन हो । तर नेपाली जनमानसमा बैशाख १ गतेदेखि नैं नयाँ बर्षको शुरुवात भएको मानिन्छ । रेवती नक्षत्र, इन्द्र योग, चन्द्रमा मीन राशिमा रहेको छ । आज विहान सूर्योदय ५ः५६ मा र सूर्यास्त १८ः२१ मा हुनेछ । आजको दिन शरीरमा तेल लगाउने र स्नान गर्ने गरिन्छ । शनिबार भएकाले शनिदेवको उपास्य गर्नु उत्तम मानिन्छ ।
अब लागौं आजको राशिफलतर्फ
मेष
व्यापार ब्यवसायबाट अर्थ लाभ हुनेछ । परिवार र सन्तानबाट साथ सहयोग प्राप्त हुनेछ । परिवारको साथ सहयोगले तपाईको कार्य योजना सफल हुनेछन् । छोटो यात्राको अवसर प्राप्त हुनेछ । यात्राबाट तपाईलाई फाइदा हुनसक्छ । मध्यान्हभन्दा पहिले नैं यात्रा शुरु गर्नुहोला । आजको दिन गृहस्थ कार्यमा समय दिनुहोला ।
वृष
वृष राशिका जातकका लागि आजको दिन व्यापार ब्यबसायमा सोचेअनुसार नहुनसक्छ । तपाईको सकारात्मक हुन जरुरी छ । आजको दिन आफूभन्दा ठूला व्यक्तिसँग भेटघाट गर्दा नयाँ कार्ययोजना तयार हुनसक्छ । आजको दिन विहान सूर्योदय र शिवालयको दर्शन गरेर मात्र दिनको कार्य शुरु गर्दा तपाईको लागि फाइदा हुनेछ ।
मिथुन
परिवार र आफन्तजनहरुले तपाईमाथि अनेक आरोप लगाउन सक्नेछन् । समय कष्टकर हुनेछ, मनमा निराशा उत्पन्न हुनसक्छ । मिथुन राशिमा जातकको लागि आजको दिन मौन र अनावश्यक काममा बाहिर नजानु वेश होला । परिवार र आफन्तजनसँग विवाद हुनसक्छ । समयमा विचार गर्नुहोला ।
कर्कट
पारिवारिक तनावका कारण चिन्ता हुनसक्छ । कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । आजको दिन कसैसँग विवाद भयो भने तपाई र तपाइँसग विवाद गर्ने दुवै व्यक्तिको हानी हुनसक्छ । यात्रा गर्दा पनि अनावश्यक खर्च हुनेछ । त्यसैले आजको शनिवार आफनो नियमित काममा ध्यान दिनु उत्तम हुनेछ ।
सिंह
आजको दिन सिंह राशिका जातकका लागि आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनसक्छ । आजको दिन नयाँ काम शुरु गर्दा सफल हुनेछ । मित्र र आफन्तजनसँगको भेटबाट तपाईलाई आर्थिक लाभ समेत हुनसक्नेछ । तपाईलाई मानसम्मान मिल्नेछ ।
कन्या
तपाईको कारण आफन्तसँग सम्बन्ध विग्रन सक्छ । अध्ययन अध्यापनबाट सफलताप्राप्त हुनेछ । कन्या राशिका जातकले आज स्त्रीजातिको साथ सहयोगबाट कार्य गर्दा सफलता प्राप्त हुन्छ । साना कन्यालाई केही खानेकुरा र बस्त्र दान दिनु होला । शिवालयमा जानुभयो भने फलफूल वितरण गर्नसक्नुहुन्छ ।
तुला
आजको दिन हुने तपाईको यात्रा कार्यमूलक हुनेछ । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नुहोला । कलाकारितामा र रचनात्मक काममा मन जानेछ । परिवारमा वा स्त्रीजातिहरुसँग विवाद हुनसक्छ, त्यसैले आजको दिन कार्य गर्दा जातकले सोच विचार गर्नु उत्तम होला ।
वृश्चिक
यात्राको अवसर र नयाँ कामको संभावना बढ्ने छ । यात्रा गर्दा सूर्योदय भन्दा पछि र सूर्यास्त भन्दा पहिले यात्रा समापन गर्नुहोला । आजको दिन सकेसम्म कसैसँग विवाद हुने कुरा नगर्नुहोला । तपाईलाई विवादबाट हानी मात्र हुनेछ । आर्थिक हानी हुने संभावना छ । त्यसैले आजको दिन खर्च गर्नुभन्दा पहिले एक पटक सोच विचार गर्नुहोला । लाभ भन्दा बढी हानी हुनेछ ।
धनु
आजको दिन आकस्मिक धनलाभ हुनेछ । सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ । आफन्त र परिवारजनबाट साथ सहयोग हुनेछ । त्यसैले आजको दिन तपाईलाई आजको दिन मानसम्मान समेत मिल्नेछ । सामाजिक र अध्यात्मसेवाका काममा लाग्नुहोला ।
मकर
आजको दिन सरस्वतीको आरधनाले तपाईलाई मनमा प्रसन्नता छाउनेछ । विगतदेखि गर्दै आएको कामबाट मान सम्मान प्राप्त हुनेछ । दुःखका कुरा कम र हर्षका कुरा बढी गर्नु होला । सकारात्मक सोच राखेर काम गर्नुहोला । तपाईको लागि अनावश्यक आरोप पनि लाग्न सक्छ । त्यसैले आजको पारिवारिक यात्राले मन हर्षित हुनेछ ।
कुम्भ
तपाईलाई आज सामाजिक सेवाबाट मानसम्मान मिल्नेछ । आजको दिन शनिदेवको मन्दिरमा पुगेर दर्शन गर्दा उर्जा प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख, समृद्धि प्राप्त हुनेछ। सामाजिक सेवाका काम गर्नु उत्तम हुनेछ । परिवारका जेष्ठ सदस्यलाई उपहार दिएर आशीर्वाद लिनु उत्तम हुनेछ । कन्यालाई भोजन गराउनुहोला ।
मीन
अध्यात्मिक कार्यमा समय खर्च हुनेछ । आजको दिन अध्ययन अध्यापनमा समय विताउदा मीन राशिका जातका लागि फााइदा हुनेछ । चन्द्रमाको साथ रहेको छ । रचनात्मक काममा समय खर्चनु भएमा तपाईको कार्यसिद्ध हुनेछ । परिवारमा खुसियाली छाउने छ । मानसम्मान मिल्नेछ । आजको दिन सामाजिक काममा समय खर्च गर्नुपर्ने हुनेछ ।













फागुन २१ मा जसरी पनि निर्वाचन हुन्छः मन्त्री खरेल
पूर्वराष्ट्रपति भण्डारीद्वारा सर्वोच्च अदालतको अवलोकन
कांग्रेस कार्यसम्पादन समितिको बैठक सुरु
माथिल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटक घटे
विधानअनुसार अघि बढे पार्टी फुट्दैन : विश्वप्रकाश शर्मा
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
प्रतिक्रिया