विश्वकप छनोट: जर्मनी र स्पेन एकै समूहमा, यस्तो छ तालिका

काठमाडौं । कतार फिफा विश्वकप २०२२ मा चार पटकको विश्व विजेता जर्मनी र स्पेन एकै समूहमा परेका छन् । दुबै टोली समूह ‘इ’ मा छन् ।कतारको दोहास्थित ‘दोहा एक्जिबिसन एन्ड कन्भेन्सन सेन्टर’ मा भएको ड्रमा फिफा छनोट भएका ३२ टोलीलाई आठ समूहमा विभाजन गरेका छ । सबैभन्दा धेरै उपाधि जित्न सफल ब्राजिल समूह ‘जी’मा सर्बिया, स्विट्रल्यान्ड र क्यामरुन छन् । लियोनल मेसीको टोली अर्जेन्टिना रहेको समूह ‘सी’मा एसियाली मुलुक साउदी अरेबिया, मेक्सिको र पोल्यान्ड छन् । क्रिष्टियानो रोनाल्डोको टोली पोर्चुगल रहेको समूह ‘एच’मा घाना, उरुग्वे र दक्षिण कोरिया छन् । आयोजक कतार रहेको समूह ‘ए’मा नेदरल्यान्ड्स, सेनेगल र इक्वेडर छन् ।
कुन राष्ट्र कुन समूहमा :
समूह ‘ए’– इक्वेडर, सेनेगल र नेदरल्यान्ड्स
समूह ‘बी’– इङ्ल्यान्ड, इरान, संयुक्त राज्य अमेरिका र युरोपियन प्लेअफ टिम
समूह ‘सी’– अर्जेन्टिना, साउदी अरेबिया, मेक्सिको र पोल्यान्ड
समूह ‘डी’– फ्रान्स, युएई–अस्ट्रेलिया र पेरुमध्येको प्लेअफ विजेता, डेनमार्क, ट्युनिसिया
समूह ‘इ’– स्पेन, जर्मनी, जापान र कोस्टा रिका र न्युजिल्यान्ड प्लेअफको विजेता
समूह ‘एफ’– बेल्जियम, क्यानडा, मोरक्को र क्रोएसिया
समूह ‘जी’– ब्राजिल, सर्विया, स्विट्जरल्यान्ड र क्यामरुन
समूह ‘एच’– पोर्चुगल, घाना, उरुग्वे र दक्षिण कोरिया
















सिरहाका चार निर्वाचन क्षेत्रमा नौ पूर्वमन्त्री चुनावी मैदानमा
झापामा ५५ जना नयाँ कुष्ठरोगी फेला, नयाँ रोगीको सङ्ख्या बर्सेनि बढ्दै
स्कटल्यान्डविरुद्ध नेपालको उत्कृष्ट सुरुवात
दलित अभियन्तादेखि राष्ट्रिय सभा सदस्यसम्म
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया