विश्वकप छनोट: जर्मनी र स्पेन एकै समूहमा, यस्तो छ तालिका

काठमाडौं । कतार फिफा विश्वकप २०२२ मा चार पटकको विश्व विजेता जर्मनी र स्पेन एकै समूहमा परेका छन् । दुबै टोली समूह ‘इ’ मा छन् ।कतारको दोहास्थित ‘दोहा एक्जिबिसन एन्ड कन्भेन्सन सेन्टर’ मा भएको ड्रमा फिफा छनोट भएका ३२ टोलीलाई आठ समूहमा विभाजन गरेका छ । सबैभन्दा धेरै उपाधि जित्न सफल ब्राजिल समूह ‘जी’मा सर्बिया, स्विट्रल्यान्ड र क्यामरुन छन् । लियोनल मेसीको टोली अर्जेन्टिना रहेको समूह ‘सी’मा एसियाली मुलुक साउदी अरेबिया, मेक्सिको र पोल्यान्ड छन् । क्रिष्टियानो रोनाल्डोको टोली पोर्चुगल रहेको समूह ‘एच’मा घाना, उरुग्वे र दक्षिण कोरिया छन् । आयोजक कतार रहेको समूह ‘ए’मा नेदरल्यान्ड्स, सेनेगल र इक्वेडर छन् ।
कुन राष्ट्र कुन समूहमा :
समूह ‘ए’– इक्वेडर, सेनेगल र नेदरल्यान्ड्स
समूह ‘बी’– इङ्ल्यान्ड, इरान, संयुक्त राज्य अमेरिका र युरोपियन प्लेअफ टिम
समूह ‘सी’– अर्जेन्टिना, साउदी अरेबिया, मेक्सिको र पोल्यान्ड
समूह ‘डी’– फ्रान्स, युएई–अस्ट्रेलिया र पेरुमध्येको प्लेअफ विजेता, डेनमार्क, ट्युनिसिया
समूह ‘इ’– स्पेन, जर्मनी, जापान र कोस्टा रिका र न्युजिल्यान्ड प्लेअफको विजेता
समूह ‘एफ’– बेल्जियम, क्यानडा, मोरक्को र क्रोएसिया
समूह ‘जी’– ब्राजिल, सर्विया, स्विट्जरल्यान्ड र क्यामरुन
समूह ‘एच’– पोर्चुगल, घाना, उरुग्वे र दक्षिण कोरिया
















काठमाडौंका पूर्व सीडीओ रिजाल पक्राउ
आज कुन फलफूल तथा तरकारी मूल्य कती ?
यस्तो छ आजको मौसम पूर्वानुमान
दाङका १० जनाले बुझाएनन् चुनावी खर्चको विवरण
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
प्रतिक्रिया