जाने होइन त मनै लोभ्याउने ल्वाङ गाउँ (फोटोफिचर)
मेरोन्यूज
२०७८ चैत १९ गते ८:०१

लामो समयदेखि कोरोनाका कारण घुम्न जान नपाएकाहरु पनि अहिले कोरोना मथर भएको समयमा घुम्न जान थालेका छन् । यदि तपाई पनि नजिकै सुन्दर गाउँ घुम्न चाहनुहुन्छ भने पर्यटकीय नगरी पोखराको हरिचोकबाट २० किलोमिटर दुरीमा रहेको ल्वाङ गाउँ जान सक्नुहुन्छ । यो गाउँ कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ मा पर्छ । हेम्जा, खानेपानी, भेडाबारी, खोरामुख हुँदै यो गाउँ पुगिन्छ ।
ल्वाङमा २०६७ सालेदेखि सामुदायिक होमस्टे सञ्चालन गरिएको छ । परम्परागत शैलीका घर, गुजुमुज्ज परेको बस्तीले ल्वाङ गाउँ पुग्ने जो कोहीको मन लोभ्याउँछ । बस्तीका हरेक घर घरलाई जोड्ने ढुंगा छापिएको सफा चटिक्क परेको गोरेटो छ ।
यहाँका २१ घरधुरीले होमस्टे सञ्चालन गरेका छन् । २५० देखि ३०० जनासम्म पाहुना राख्न सक्ने होमस्टेको क्षमता छ ।
हेरौं ल्वाङ गाउँका केही तस्बिरहरु








सम्बन्धित
















वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
आज रास्वपाको सचिवालय बैठक बस्दै
भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ
राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
सुनचाँदीको मूल्यमा केही गिरावट
प्रतिक्रिया