प्रधानमन्त्री देउवा स्वदेश फिर्ता हुने, यसअघि बनारस जाँदै

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फिर्ता हुने भएका छन् । तीन दिने भारत भ्रमणमा रहेका उनी स्वदेश फिर्ता हुनुअघि आजै उत्तर प्रदेशको बनारस जाने छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री देउवा आज बिहानै नयाँदिल्लीबाट बनारस जाने भएका हुन् । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले प्रधानमन्त्री देउवालाई स्वागत गर्ने भएका छन् ।
बनारसमा प्रधानमन्त्री देउवाले विश्वनाथ र पशुपतिनाथ मन्दिरको दर्शन गर्ने कार्यक्रम छ । उनी बनारसबाट चार बजे नयाँदिल्ली आएर सवा चार बजे स्वदेश फिर्ता हुने कार्यक्रम छ ।
भारतको औपचारिक भ्रमण गर्न प्रधानमन्त्री देउवा गत शुक्रबार नयाँदिल्ली गएका थिए । शनिबार देउवाले समकक्षी मोदीसँग भेटवार्ता गरेका थिए ।
दुई देशका प्रधानमन्त्रीले सीमा क्षेत्रको बारेमा छलफल गरेका थिए । यस्तै, दुवै देशका प्रधानमन्त्रीले जनकपुर–जयनगर रेल सेवा र सोलु कोरिडोर संयुक्त रुपमा भर्चुअल माध्यमबाट उद्घाटन गरेका थिए ।
















कैलालीमा कुटपिट गर्दा श्रीमतीको मृत्यु
यही माघ तेस्रो सातादेखि एचपिभी खोप लगाइँदै
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
निर्वाचन आयोगको ‘कल सेन्टर’मा मतदाता नामावलीसम्बन्धी जिज्ञासा धेरै
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
प्रतिक्रिया