सोमबार, माघ १२, २०८२

चट्याङ लागेर ताप्लेजुङमा एक जनाको मृत्यु

मेरोन्यूज २०७८ चैत २० गते ७:३५

ताप्लेजुङ । जिल्लाको सिरीजंघा गाउँपालिका २ आम्वेगुदिन ल्हासाटोलमा चट्याङ लागेर एक जनको मृत्यु भएको छ ।

शनिबार बेलुका करिब साढे ८ बजेतिर चट्याङ लाग्दा स्थानीय २३ वर्षीय मुकेश भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनी पालिका स्तरीय भलिबल खेलाडीसमेत हुन् ।

चट्याङ लागेपछि उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया