ब्राजिलमा बाढीपहिरोमा १४ जनाको मृत्यु
मेरोन्यूज
२०७८ चैत २० गते १३:१८

रियो दि जेनेरियो–अबिरल वर्षापछिको बाढीपहिरोमा ब्राजिलको रियो दि जेनेरियो राज्यमा आठ बालबालिकासहित कम्तीमा १४ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा ५ जना बेपत्ता भएका छन् । दुई दिनको भारी वर्षाले दक्षिणपूर्वी राज्यको एट्लान्टिक तटको ठूलो भाग प्रभावित भएको छ । आगामी दिनमा अझै धेरै बर्षा हुने अनुमान गरिएको छ ।
बाढीबाट मृत्यु हुनेहरूमा एक महिला र उनका ६ वर्षका सन्तान पनि छन् । बाढीले उनीहरूको घर बगाएको थियो । उद्धार कार्यमा सघाउन संघीय सरकारले सैन्य विमान पठाएको राष्ट्रपति जैर बोल्सोनारोले बताएका छन् । ६ साताअघि पेट्रोपोलिस सहरमा अबिरल वर्षापछिको बाढीपहिरोमा २३३ जनाको मृत्यु भएको थियो ।
सम्बन्धित


















लेबनानमा युद्ध–विराम लागु
बागमतीमा स्वास्थ्य सेवा सुदृढीकरणः १३ जिल्ला अस्पताल प्रादेशिकमा रुपान्तरण हुँदै
Philippines forces kill 10 Islamist militants in arrest gunfight
लागुऔषधसहित विभिन्न स्थानबाट २४ जना पक्राउ
KOICA provides USD 2.5 million for financial access to Korea Returnee Migrants
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
जबर्जस्ती करणीका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
प्रतिक्रिया